
विश्व नेपाली संवाददाता ,प्युठान
खलंगा फाल्गुण १५ गते
संघीयता बिरूद्द काठमाडौं केन्द्रीत आन्दाेलन तैयारीकाे शिलसिलामा देशै भरि राजमाेकाे संगठन विस्तारकाे कार्य व्यापक भैरहेको छ। यसै क्रममा मल्लरानी गाउँ पालीका वडा नं ५ काे सरङकाेटमा राजकाे केन्द्रीय सदस्य नारायण जिसी र राजमाे मल्लरानीका अध्यक्ष गुणेन्द्र बस्नेतकाे उपस्थितिमा बस्ती स्तरिय भेलाले टाेल समिति गठन भएको छ। राजमाे वार्ड समितिका अध्यक्ष चेत बहादुर पुनकाे अध्यक्षतामा सम्पन्न भेलाले कृष्ण पुनकाे अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको छ।समितिको उपाध्यक्ष रण बहादुर विक,सचिव गाेपाल सुनार,काेषाध्यक्ष भिम बहादुर बुढाथोकी र सदस्यहरूमा फन ब सुनार,हस्त ब सुनार,गाेविन्द सुनार,गाेर ब सुनार,सन ब सुनार,भीम ब सुनार,र चित्र ब बुढाथोकी रहनु भएको छ।कार्यक्रममा अनेयुसंघ जिल्ला सचिव रुद्र पुन,राजमाे वार्ड समितिका सदस्यहरुको उपस्थिति रहेकोे थियो।