लुम्बिनी प्रादेशिक अस्पतालले ११५ औं स्थापना दिवस मनायो

बुटवल, फागुन १५ गते । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले आमजनतालाई सहज स्वास्थ्यको पहुंचमा पुराउने गरी स्वास्थ्य क्षेत्रलाई व्यापक सुधार गरिने बताए । जनतालाई स्वास्थ्य सेवा दिन प्रदेश सरकारले भौतिक पूर्वाधारको विकाससंगै गुणस्तरीय जनशक्तिको व्यवस्थापन र स्वास्थ्य सेवामा ध्यान दिएको बताएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालले १ सय १५ औं स्थापना दिवसका लागि बिहीबार आयोजना गरेको मूल समारोहमा बोल्दै स्वास्थ्य मन्त्री सारुले सरकारी अस्पतालहरुमा स्वास्थ्य सेवा सुधार तथा बिस्तारका लागि सरकारले सबै पक्षसंग सहकार्य गर्ने बताए ।
मन्त्री सारुले लुम्बिनी प्रादेशिक अस्पतालसंग प्रदेश र प्रदेश बाहिरका धेरै जनता जोडिएकाले स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउन अस्पताललाई निर्देशन दिए । स्वास्थ्य सेवा लिन आउने नागरिक हिजोको जस्तो नभएको बताउंदै सेवाग्राही धेरै सचेत भैसकेकाले कमजोरी नहुने गरी स्वास्थ्य सेवा दिन आग्रह गरे । 

प्रदेश सरकारले गौरवको आयोजनामा राखेर लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ भवनको निर्माणको थालनी गरेको र यसका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताए ।
नीजि स्वास्थ्य संस्थाहलाई सरकारले नियमन गर्न शुरु भएको बताउंदे मनत्री सारुले भने केही नीजि स्वास्थ्य संस्थाहरुले दर्ता र सूचीस्करणसमेत नगरी सञ्चालन गरिएकाले त्यस्तालाई नियमन गरिन्छ ।

प्रदेश सांसद तथा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री विष्णु पन्थीले लुम्बिनी प्रादेशिक अस्पतालको बिकासले समग्र लुम्बिनी प्रदेशको बिास हुने बताए । उनले स्वास्थ्य सेवालाई अझै गुणस्तीय बनाउनु पर्ने र आधारभूत स्वास्थ्य सेवाको बिस्तार र विशिष्टिकृत सेवामा केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालामा सेवाग्राहीको चाप रहेको र आवश्यक अनुसार जनशक्ति र संरचनाको अभाव रहेको बताए ।
लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्डमा मुलुककै पहिलो भएको उल्लेख गर्दै अस्पताल भित्रका हरेक समस्या समाधान गर्न अस्पताल बिकास समिति, प्रशासन र विभागीय प्रमुखबीच समन्वय भैरहेको र हुनुपर्ने बताए ।
अस्पताल बिकास समिति सदस्य लक्ष्मी भट्टराईले अस्पतालमा सेवाग्राहीको चाप बढ्दै गएकाले उचित व्यवस्थापनमा सरकारको ध्यान जान आवश्यक रहेको बताइन ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. ईन्द्र ढकालले वार्षिका प्रगति प्रतिवेदनबारे जानकारी गराउंदै प्रदेश सरकारको मातहतमा आएपछि अस्पतालले धेरै राम्रा कामहरु गरेको बताए । मेसु ढकालले अस्पतालका सबै स्वास्थ्य सेवाहरु प्रभावकारी रुपमा सञ्चालन गरिएको जानकारी गराउंदै अस्पतालले वार्षिक साढे ३ लाखलाई स्वास्थ्य सेवा दिएको बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा डिजिटल पेमेन्ट सेवा
अस्पतालको स्थापना दिवसको अवसरमा स्वास्थ्यमन्त्री सारुले डिजिटल पेमेन्ट काउन्टरको सुरुवात गरेका छन् । उक्त काउन्टरबाट सेवाग्राहीले डिजिटल माध्यमबाट टिकट काट्ने तथा भुक्तानी सेवा लिन सक्ने छन् । यसैगरी अस्पतालको ईएनटी (नक, कान, घाँटी) उपचार कक्षमा अडियोग्राम, टिम्पानोग्राम र ओएई टेस्ट सेवाको सुरुवात गरेका छन् । अस्पतालमा इकोकार्डियोलोजीतर्फ ट्रेडममिल टेस्ट(टिएमटी), हल्टर मनिटरिङ तथा एबीपीएम सेवाको शुभारम्भ गरिएको छ ।
त्यस्तै अस्पतालमा क्यान्सरको उपचारका लागि व्यवस्थित सेवा सञ्चालन गरिने छ ।

अस्पतालले २५ वर्ष सेवा अवधि पूरा गरेका तथा उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरेको छ । त्यस्तै । स्थापना दिवसको अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रममा विजेता बनेकाहरुलाई पुरस्कार प्रदान गर्नुकका साथै स्थापना दिवसकामे अवसरमा सम्मान गरिएको छ । अस्पतालका गतिविधि समेटिएको स्मारिका ‘जिवक–३’ विमोचन गरिएको छ ।

अस्पतालका अध्यक्ष अजय श्रेष्ठको अध्यक्षता र प्रशासकीय प्रमुख राजन केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रम सञ्चालन गरेको अस्पतालले बिहीबार मुल समारोहको आयोजना गरी १ सय १५ औं स्थापना दिवस मनाईएको हो 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation