प्युठानका गाउँ गाउँमा संघीयता बिरूद्द आन्दाेलनकाे तयारी

विश्व नेपाली संवाददाता , प्युठान
खलंगा फाल्गुण १५ गते
संघीयता बिरूद्द काठमाडौं केन्द्रीत आन्दाेलन तैयारीकाे शिलसिलामा देशै भरि राजमाेकाे संगठन विस्तारकाे कार्य व्यापक भैरहेको छ। यसै क्रममा झिमरूक गाउँ पालिका वडा नं ७ मा राजमाे लुम्बिनी प्रदेश सल्लाहकार बासुदेव पाेख्रेल र नेकपा(मसाल)का ब्यूराे प्रबक्ता का० तिलक जिसीकाे विशेष उपस्थितिमा थापचाैर-बाेहाेरागाउँ बस्तीकाे भेला बयाेवृद किसान नेता गाेविन्द बहादुर जिसीकाे अध्यक्षतामा सम्पन्न भएको छ।भेलाले सन्ताेष जिसीकाे अध्यक्षतामा ९ सदस्यीय राजमाे टाेल समिति र निमा एम्सीकाे अध्यक्षतामा १५ सदस्यीय टाेल समिति गठन गरेकाे छ।राजमाे समितिको सचिव बिजय परियार, काेषाध्यक्ष शुष्मिता जिसी सदस्यहरूमा देव बहादुर केसी,राजेन्द्र जिसी,कृष्णबहादुर जिसी हुकुम ब जिसी र शुसिला जिसी रहनु भएको छ।त्यस्तै महिला समितिको उपाध्यक्ष कृष्णा जिसी बाेहाेरा,सचिव शकुन्तला जिसी,काेषाध्यक्ष बिष्णा जिसी सदस्यहरूमा जीवा गिरी,गिता जिसी,सीता परियार,सुष्मा जिसी,रिमा जिसी,बसन्ता जिसी,सुमित्रा जिसी,विमला जिसी,संगिता जिसी,लाली केसी र मनिषा परियार रहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation