
रुपन्देही , फागुन १६ गते । भैरहवाको सिद्धार्थ उद्योग बाणिज्य संघको अध्यक्षमा नेत्र आचार्य निर्विरोध निर्वाचित भएका छन् । संघको अध्यक्ष नेत्र आचार्यसहित वरिष्ठ उपाध्यक्ष दिलिप कान्दु, उद्योग उपाध्यक्ष गोविन्द ज्ञवाली, महासचिव कृष्ण घिमिरे, सचिव मंगल भण्डारी र कोषाध्यक्ष कमल मरासेनी निर्विरोध निर्वाचित भएका छन् ।
संघको सह कोषाध्यक्ष र वाणिज्य उपाध्यक्षबाहेक सबै पदाधिकारहरु निर्विरोध निर्वाचित भएका छन् । कर्पोरेट उपाध्यक्षमा रोहित अग्रवाल, कर्पोरेट सदस्यमा अरपित अग्रवाल र विकास गोयन्का पनि निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै बस्तुगत सदस्यमा प्रितम रौनियार, महिला सदस्या उद्योगतर्फ विष्णु मायां शर्मा पनि निनर्विरोध निर्वाचित भएका छन् ।
सिद्धार्थ उद्योग बाणिज्य संघको यही फागुन २४ गते निर्वाचनको मिति तोकिएको थियो । निर्वाचन अघि नै १६ गते आज शुक्रबार मनोनितको समय सकिएको छ । मनोनितको समय शुक्रबार सकिएपछि अध्यक्षसहित पदाधिकारी र सदस्य गरी ११ जना निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचनको प्रकृया शुरु भएको र सबै पदमा निर्विरोध नभएका कारण निवर्पाचन समितिले भने आधिकारिक रुपमा घोषणा गरेको छैन । तर निर्विरोध निर्वाचित भएका अध्यक्ष आचार्यसहित पदाधिकारी र अन्य सदस्यहरुमा कसैले उम्मेदवारी नदिएपछि स्वत निर्विरोध भएका हुन् ।
अध्यक्ष तथा पदाधिकारी, सदस्य र मनोनित गरी ३३ जनाको समिति हुनुपर्ने प्रावधान छ । सिद्धार्थ उद्योग बाणिज्य संघको ६६ औं साधारण सभा तथा अधिवेशन हुंदै छ ।