माओवादी (केन्द्र) बुटवल उपमहानगर पालिकाको अध्यक्षमा:महेन्द्र भुसाल

शंकर प्रसाद पोख्रेल

फाल्गुन -१६ रुपन्देही

नेकपा माओवादी (केन्द्र)को बुटवल उपमहानगरपालिका कमिटीको तेस्रो नगर अधिवेशन  तथा सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले  नेकपा ,माओबादी (केन्द्र) बुटवल उपमहानगरपालिकाका अध्यक्ष महेन्द्र भुसाललाइ पुन  नगर अध्यक्षमा निर्वाचित गरेको छ ।

नेकपा माओवादी (केन्द्र) बुटवल उपमहानगर पालिकाको सम्मेलन बाट  पदाधिकारी सहित  ६१ सदस्यीय, कमिटी निवाचित भएको, पुन निर्वाचित नगर अध्यक्ष महेन्द्र भुसालले  विश्व नेपाली डटकमलाइ बताउनुभयो। त्यसैगरी उपाध्यक्षमा  बसन्ता खनाल सुपिर्या,लाल  बहादुर थापा,योगेन्द्र गौतम,सचिबमा  तुलसिराम न्यौपाने ,स- सचीवमा रचना श्रेष्ठ ,र कोसाधक्ष्यमा  पुर्ण  बहादुर परियार  निर्वाचित भएका   ,नेकपा माओबादी (केन्द्र)बाट बुटवल उपमहानगरपालिकामा पुन निर्बाचित अध्यक्ष महेन्द्र भुसालले जानकारी दिनुभएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation