संघीयता खारेजीको लागि युवक संघ झिमरूककाे विशाल सभा सम्पन्न

विश्व नेपाली संवाददाता ,झिमरुक,प्युठान 
खलंगा फाल्गुण १६ गते।
अखिल नेपाल युवक संघ झिमरूक गाउँ पालिका समितिकाे आयाेजनामा प्रशिद्द पर्यटकीय स्थल रक गार्डनमा प्रशिक्षण तथा पिकनिक कार्यक्रम सम्पन्न भएको छ।संघका केन्द्रीय उपाध्यक्ष चाेप बहादुर विककाे प्रमुख  आतिथ्यमा सम्पन्न कार्यक्रममा बाेल्दै राजमाे लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापाले सत्ताधारीहरू युवाशक्ती पलाएन गराएर सत्ताकाे आयु लम्वाउन चाहन्छन् ,देश युवा जनशक्ति विहिन भएपछि सबै क्षेत्रमा गम्भीर असर पर्छ भन्ने तथ्य ठूला भनाउदा पार्टीहरूलाइ जानकारी नभएर हाेइन सबै जानीजानी सचेत युवालाई देश बाहिर लखेट्ने नीति अपनाएर आफ्नाे सत्ता बचाइाख्न चाहन्छन् । देशभित्र बुढाबुढी र असाय मात्र रहेपछि झुक्याउन,भाेट किनेर सत्तामा पुग्न सजिलो भैरहेकोले सत्ता स्वार्थको लागि देशलाई विघटनको संघारमा पु-याएकाे दावा गर्नुभयो । यहि प्रशंगमा अगाडि बाेल्दै राजमाे नेता थापाले गाउँ घर शून्य बनाएर स्थाइ रूपमा बिदेश जाने प्रवृत्ति राेक्नुपर्ने छाेराबुहारी विदेश गएको मा हामीले गर्व हैन हिनताबाेध गर्ने माहाेल निर्माण गर्न जरुरी छ भन्दै युवाहरूले नेका,एमाले र माओवादीलाई गाली गर्दै विदेश गएर समस्या हल हुदैन,हामीले कसै न कसैबाट देश निर्माणमा याेगदान दिन सुरूवात गर्नुपर्छ । विभिन्न कालखण्डमा याेगदान मात्र हैन  समाज परिवर्तनमा आफ्ना सबै स्वार्थ त्यागेर वलिदान दिने गरेको इतिहास बाट शिक्षा लिनु पर्ने बताउनु भयाे।
राजमाे लुम्बिनी प्रदेश सल्लाहकार  बासुदेव पाेख्रेलले बुढा पुरानाकाे भनाइ उल्लेख गर्दै देशकाे भविष्य युवाहरूकाे हातमा हुन्छ,आजका युवाहरू नैतिकवान र अनुशासित हुनुपर्छ ।देश र समाज प्रति जिम्मेवारी बाेधले लैस युवा पिडी भयाे भने मात्र देशकाे भविष्य उज्ज्वल हुनसक्छ,तब मात्र हाम्रा लालाबालाकाे भविष्यकाे पनि  ग्यारेन्टी हुन सक्छ । अत:राजमाे निकट युवक संघले वर्तमान समाजमा माैलाएकाे विकृति समाप्त गर्दै सुन्दर समाज निर्माणकाे जिम्मेवारीकाे लागि अगाडि बढ्न जरुरी भएको बताउनु भयो । संघीयता देशले धान्न नसक्ने बताउदै नेता पाेख्रेलले  विभिन्न देशमा जुन परिवेशमा संघीयता लागू गरियो त्यस शीत नेपालकाे सन्दर्भ नमिल्ने बताउदै सैद्धान्तिक रूपमा पनि देशमा संघीय प्रणाली गलत भएको तथ्य स्पष्ट  गर्नुभयाे।
नेकपा(मसाल)का प्रदेश प्रबक्ता का०तिलक जिसी-देश युवाविहिन अवस्थामा  भर्खरबाट भएको हैन यसकाे सुरूवात ०४६ पछि जनताले नेकालाइ बहुमत र एमालेलाई प्रतिपक्ष बनाए पछि सुरूभएकाे बताउदै देशका सार्वजनिक महत्त्वका दर्जनौं  उद्योगहरू निजीकरणको नाममा काैडीकाे मुल्यमा नेका नेतृत्वको सरकारले बेचेकाे एमाले पनि याे अभियानलाई सहयोग मात्रै हैन आफ्नाे शाशनकालमा निरन्तरता दिदा लाखौं नेपाली मजदुरहरू  बेरोजगार भै घरपरिवार धान्न विदेशीको शरणमा पुग्नु परेकाे बताउनुभयो ।फरक प्रशंगमा प्रबक्ता जिसीले सहकारी काे रकम अपचलन का दाेषीलाइ छानवीन चल्दा आराेपीकाे पक्षमा देखिएकाे खुला र निर्लज्ज समर्थनले देशमा गलत संस्कारकाे विकास गर्न खाेजिएकाे बताउदै नयाँ भन्नेहरूकाे याे हविगत लज्जाकाे विषय भएको बताउनुभयो । सत्ताकाे आडमा अन्य सहकारी लगायतका ठग र अपराधीहरू माथी कार्वाहीकाे प्रक्रिया अगाडि नबढ्नुले याे सरकार भ्रष्टाचारी तथा अपराधीहरूकाे पक्षपाेषणमा तल्लीन रहेकोे ठाेकुवा गर्नुभयो ।पूर्व प्रदेश सांसद तथा अनेमसंघ कि केन्द्रीय सचिव तारा जिसीले संघीय प्रणाली अन्तर्गतकाे प्रदेश संरचनालाई सेताे हात्तीको संज्ञा दिदै आफ्नाे अनुभव साझा गर्दै वर्तमान संघीय प्रणाली देशले धान्न नसक्ने र यसकाे खारेजीको राजमाेकाे अभियानमा महिलाहरूलाई आन्दाेलनमा सहभागी हुन आव्हान गर्नुभयो ।कार्यक्रममा राजमाे केन्द्रीय सदस्य नारायण जिसी,अनेयुसंघ केन्द्रीय काेषाध्यक्ष कमल पाैडेल र राजमाे झिमरूकका अध्यक्ष टीका बहादुर जिसीले पनि प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियोे । कार्यक्रममा किसान महासंघका केन्द्रीय सचिव वीर ब जिसी,शीक्षक संघका केन्द्रीय सचिव बालाराम पाेख्रेल,समता केन्द्रीय सचिव अइन्द्र विक,अने बुद्धिजीवी संघका जिल्ला अध्यक्ष सिद्दीमान जिसी,सल्लाहकार ठाकुर गिरी,मूल प्रवाह सूदुर पश्चिमाेत्तरका सदस्य कृष्ण बराल,सउदी अरव एकता समाजका केन्द्रीय सचिव हरि प्रसाद शर्मा,जनप्रतिनिधिको तर्फबाट ३ नं वडाध्यक्ष मीन बहादुर खत्री,प्रगतिशील पत्रकार संघ रूपन्देहीका सदस्य अनिल थापा,जनजाति सम्मेलनका नेता नाेच बहादुर घर्ती,वयोवृद्ध भेषमान गिरी र गिता जिसीकाे पनि आतिथ्यता रहेको थियोे । ज्ञात अज्ञात शहिदहरू प्रति एक मिनेट माैनधारण,युवक संघ पालिका समितिका सदस्य  बसन्त थापाकाे स्वागतबाट सुरू भएको कार्यक्रमकाे अध्यक्षता अनेयुसंघ झिमरूक बा अध्यक्ष भरत ढकालले र संचालन उपाध्यक्ष नवराज केसीले गर्नुभएको थियोे ।कार्यक्रमकाे बिचबिचमा राेचक गित तथा नृत्यहरू प्रस्तुत गरिएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation