
बिस्व नेपाली मिडिया प्रा.लि .द्वारा सञ्चालित
सम्पर्क ठेगाना : बुटवल -६,चांदबारी रूपन्देही
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४८६९/२०८१/०८२
प्रेस काउन्सिल सूचिकरण प्रमाणपत्र दर्ता नं:४८८२/२०१/०८२
कम्पनी दर्ताः ३४०४३८/२०८०/०८१
विज्ञापनका लागि
फोन नं: (☏) +977-9842295277
इमेल : 📧 info@vishwanepali.com
सम्पादक : बामदेव भण्डारी
संचालक तथा कार्यकारी सम्पादक : शंकर प्रसाद पोख्रेल
मार्केटिङ प्रमुख :
विश्व नेपाली डटकम नेपाली भाषाको समाचार पोर्टल हो । यो वेबसाईटमा समाचार, विचार, मनोरञ्जन, खेलकुद, प्रवास, विश्वका खबर, सूचना प्राविधि लगायत श्रमजीवी वर्गको पक्षमा बढी भन्दा बढी आवाज उठाउने कोशिश र विश्लेषणहरु सम्बन्धी नै हाम्रो जोड रहनेछ ।
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजको आठौँ राष्ट्रिय भेला अध्यक्षमा शक्तमान बुढाथोकी (हङकङ) र महासचिवमा खुम रायमाझी (कुवेत) लाई चयन गर्दै सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा २०८१ फागुन १६ गते शुक्रबार अबेर राती सो भेला सम्पन्न भएको हो ।
भेलाले चयन गरेको २७ पूर्ण, नौ वैकल्पिक सदस्य र नौ सल्लाहकारसहित ४५ सदस्यीय केन्द्रीय समितिको उपाध्यक्षमा तोयनाथ कँडेल (बेल्जियम), प्रेम पौडेल (भारत), दण्ड केसी (जापान), सचिवमा तेजेन्द्र क्षेत्री (जापान) र कोषाध्यक्षमा छवि बस्नेत (ओमन) रहनुभएको छ ।
समितिको सदस्यमा अर्जुन सुनार (बेलायत), ठाकुर खनाल (भारत), देवनारायण पोखरेल (बहराइन), अमर छन्त्याल (आयरल्यान्ड), प्रकाश थापामगर (नेपाल), रेशम कँडेल (अमेरिका), अर्जुनप्रसाद उपाध्याय (युएई), अमृता रानाथापा (हङकङ), धनबहादुर केसी (बेलायत), राजेश छन्त्याल (पोर्चुगल), ध्रुव गौतम (डेनमार्क), केशव खनाल (मलेसिया), ऋषि पौडेल (दक्षिण कोरिया), गणेश पोख्रेल (सउदी अरब), कृष्ण भुसाल (युएई), रामप्रसाद पराजुली (कतार), मीनराज पुन (कतार), करुण पौडेल (दक्षिण कोरिया), प्रसान्त सुवेदी (अस्ट्रेलिया) र नेत्र राना (क्यानडा) रहनुभएको छ ।
वैकल्पिक सदस्यमा कविता चौधरी (बेलायत), निशा खनाल (बेलायत), पृथ्वी भट्ट (अस्ट्रेलिया), तारानाथ पोखरेल (रोमानिया), विन्दु खड्का (साइप्रस), इन्दु पन्त (….), हरिप्रसाद शर्मा (सउदी अरब) तथा दुई स्थान हाललाई रिक्त राखिएको छ ।
त्यस्तै, सल्लाहकारमा लुमाकान्त पुन (कतार), धनवीर पुन (भारत), दीपक परियार (अमेरिका), ज्ञानेश्वर सापकोटा (लक्जमबर्ग), जीवलाल शर्मा (दक्षिण कोरिया), मीना पुन (हङकङ), विशाल पहाडी (दक्षिण कोरिया), खिम बुढा (कतार) र एक स्थान रिक्त राखिएको छ ।
एवम् प्रकारले समितिको सचिवालयमा शक्तमान बुढाथोकी, तोयनाथ कँडेल, प्रेम पौडेल, खुम रायमाझी, छवि बस्नेत, ठाकुर खनाल र प्रकाश थापामगरलाई चयन गरेको छ ।
प्रमुख अतिथि केसीले ब्यानर पढेर उद्घाटन गर्नुभएको सो भेलाको अध्यक्षता शक्तमान बुढाथोकीले, सञ्चालन खुम रायमाझीले र स्वागत खिम बुढाले गर्नुभएको थियो ।
भेलामा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्मा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष कपिल खनाल, हङकङ नेपाली एकता समाजकी अध्यक्ष अमृता रानाथापा, जापान नेपाली एकता समाजका महासचिव तेजेन्द्र क्षेत्री, मलेसिया नेपाली एकता समाजका अध्यक्ष केशव खनाल, अस्ट्रेलिया नेपाली एकता समाजका प्रसान्त सुवेदी र सउदी अरब नेपाली एकता समाजका अध्यक्ष खुमिराम भण्डारीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम बन्दसत्रमा परिणत भएपछि शक्तमान बुढाथोकीले सङ्गठनात्मक प्रतिवेदन, ठाकुर खनालले विधानमा संशोधन प्रस्ताव र प्रकाश थापामगरले आयव्यय रिपोर्ट प्रस्तुत भई पारित भएका थिए । त्यसपछि नयाँ समितिको सङ्ख्या र प्यानल ठाकुर खनालले प्रस्तुत गर्नुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष बुढाथोकीले प्रतिबद्धता मन्तव्य राखेपछि राजमो सल्लाहकार शर्माले बधाई ज्ञापन गर्नुभएको थियो ।