चंडिगढमा मूल प्रवाहको समता र जनजाति विभागको भेला सम्पन्न

 

खिमराज चालिसे
चंडिगढ
२ मार्च २०२५

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिद्धारा संचालित जनजाती विभाग र समता विभागको सम्युक्त भेला २ मार्च २०२५ को भव्यरुपमा सम्पन्न भएको छ।

मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडकाले करतार ध्वनीमा समारोहको उदघाटन गर्दै जातिय मुक्ती आन्दोलन वर्गिय आन्दोलनमा जोडेर मात्र शोषित उत्पिडीत जातजाती र समुदायको उथ्थान हुन सक्ने दाबी गर्नु भयो।

मूल प्रवाहका केन्द्रीय सदस्य एंव नेपाली समाचार संयोजक खिमराज चालिसेले भेलाद्धारा निर्वाचित गरिएका दुबै विभागहरुको घोषणा गर्नु भएको थियोे ।

जनजाति संयोजकमा प्रेम गुरुङ

मूल प्रवाह चंडिगढ नगर समिति द्धारा संचालित जनजाती विभाग र समता विभागको सम्युक्त भेलाले प्रेम गुरुङको संयोजकत्वमा ११ सदस्यीय जनजाति विभाग गठन गरेको छ। जस्मा अन्य सदस्यहरुमा तेज बहादुर रोका, थमन थापा सारु, जितेन्द्र गुरुङ, हेम बहादुर कनौजिया, दम बहादुर राना, पदम बहादुर थारा, सन्त बहादुर सारु, ईन्द्र बहादुर सारु, मोहन बुढामगर रहनु भएको छ।

समताको संयोजकमा लिला बिक

मूल प्रवाह चंडिगढ नगर समिति द्धारा संचालित जनजाती विभाग र समता विभागको सम्युक्त भेलाले लिला बिकको संयोजककत्वमा १३ सदस्यीय समता विभागको गठन गरेको छ। जस्मा सदस्यहरुमा बिनु नेपाली, दुर्गा बिक, अर्जुन बिक, दिनेश बिक, सुनिता सुनार, माया नेपाली, सुरेश श्रीपाली, बिष्णु बिक, प्रेम नेपाली, राम बहादुर सोनी, बिनोद बराल, राम बहादुर नेपाली रहनु भएको छ।

दुबै विभागहरुको निर्वाचित प्यानललाई मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य एवं महिला सदस्य जुना चालिसे, अखिल भारत नेपाली विद्यार्थी संघका केन्द्रीय अध्यक्ष माधव पोखरेल, र केन्द्रीय सदस्य नारायण आचार्य, मूल प्रवाह केन्द्रिय परिषद सदस्य एंव नगर अध्यक्ष मान बहादुर केसी र महिला नगर संयोजक जमुना खनाल लगाएत हुनुहुन्थ्यो। उक्त समारोहमा मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रिय सहसचिव तेज बहादुर रोका, सास्कृतिक विभागका केन्द्रिय सदस्य बिनु नेपाली, परिषद सदस्य थमन थापाको आथित्यता रहेको थियो।

कार्यक्रम प्रेम गुरुङको अध्यक्षतामा एंव अर्जुन बिकको संचालनमा सम्पन्न भएको हो भने स्वागत भाषण दुर्गा बिक र सास्कृतिक विभागका कलाकारहरुले गर्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation