गढवा बहुमुखी क्याम्पस मा अखिल (छैठौँ) को मूल इकाई समिति गठन

बसन्त राज गोराथोकी । दाङ्ग देउखुरी,
गढवा बहुमुखी क्याम्पस गढवा दाङमा मिति २०८१/११/१९ गते अखिल (छैठौँ) को मूल इकाई समिति गठन भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि अखिल (छैठौँ) का लुम्बिनी प्रदेश अध्यक्ष रिशव शर्मा रहनु भएको थियो।
मन्तव्यका क्रममा प्रमुख अतिथि शर्मा ले स्ववियु निर्वाचनको आवश्यकता ,महत्त्वको विद्यार्थिहरुलाई जानकारी दिँदै, देशको राजनीतिक अवस्था, शैक्षिक अवस्था को बारेमा आफ्नो कुरा राख्न भएको थियो।
उक्त कार्यक्रमले निमा यादव को अध्यक्षता १४ सदस्यीय इकाई समिति निर्वाचित गरेको छ जसको सचिवमा रीमा घर्ती कोषाध्यक्षमा जुनु बुढा मगर र सदस्यहरुमा बबिता कुमारी यादव, कल्पना चौधरी, सुस्मिता चौधरी, अञ्जु कुमारी चौधरी, नैना बेरी मगर, सिराशिला चौधरी, विधा शर्मा , सिर्जना नेपाली, मञ्जु चौधरी, अरुण चौधरी, ओम प्रकाश यादव रहनु भएको छ।
कार्यक्रम को सञ्चालन अखिल (छैठौँ) को केन्द्रिय परिषद सदस्य बसन्त राज गोराथोकी ले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation