
स्वतन्त्र विद्यार्थी युनियन चैत्र ५ गतेको चुनाबका लागि अनेरास्ववियु(छैठौं)ले रुपन्देहीका सबै क्याम्पसमा संगठन दर्ता गरेको छ। त्रिभुवन बिश्वबिधालय निर्वाचन कार्यतालिका अनुसार आज १९ गते अन्तिम समय तोकिएको थियो।
बुटवल बहुमुखी क्याम्पसमा पुर्व स्ववियु सदस्य सागर जंग एम सि को नेतृत्वमा , सिदार्थ गौतम बुद्ध क्याम्पसमा कल्पना क्षेत्री , लुम्बिनी बाणिज्य क्याम्पसमा अबिनास खडका को नेतृत्वमा दर्ता गरिएको छ। सहिद नारायण पोख्रेल रामापुर क्याम्पस र हरैया क्याम्पसमा भोलि बिहान दर्ता गरिने युनियनका महासचिव तथा लुम्बिनी इन्चार्ज पुरन पोख्रेलले जानकारी दिनुभयो।
अखिल(छैठौं) उत्साहपुर्ण तरिकाले देशभर आफ्नो संगठन दर्ता गराएको छ।
त्रिभुवन बिश्वबिधालय केन्द्रिय क्याम्पस किर्तिपुर सहित लुम्बिनी प्रदेशमा नेपालगन्ज, दाङ, प्युठान , अर्घाखाँची , पाल्पा , गुल्मि, नबलपरासिका र रुपन्देही सहित धेरै अधिकांस क्याम्पसमा दर्ताको काम भैरहेको छ। लुम्बिनी , बाग्मती , गण्डकी , कोशी , कर्णाली र सुदुरपस्चिम सहित सबै प्रदेशका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा अखिल(छैठौं) स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि तयार रहेको महासचिव पोख्रेलले जानकारी दिए। केही दिन भित्रै अखिल(छैठौं)ले आफ्ना उम्मेदवार हरु सार्बजनिक गर्नेछ।