
बसन्त राज गोराथोकी । स्वर्गद्वारी प्युठान,
प्युठान जिल्ला
स्वर्गद्वारी नगरपालिका बाजिपुरमा स्थित अमर क्याम्पस मा अखिल (छैठौँ) का केन्द्रिय सदस्य लक्ष्मण पुन मगरको उपस्थितिमा आज अखिल (छैठौँ) अमर क्याम्पस मूल इकाई समिति द्वारा सङ्गठन दर्ता भएको छ।
प्युठान नगरपालिका पूण्यखोला मा अवस्थित स्वर्गद्वारी बहुमुखी क्याम्पसमा अखिल नेपाल युवक संघका केन्द्रिय कोषाध्यक्ष कमल पौडेल को उपस्थिति मा तथा रेशमा योगी को नेतृत्वमा सङ्गठन दर्ता भएको छ।
मल्लारानी गाउँपालिका खलङ्गा मा अवस्थित प्युठान क्याम्पस मा अखिल (छैठौँ) केन्द्रिय वैकल्पिक सदस्य सविना परियार को उपस्थिति मा सङ्गठन दर्ता भएको छ।
झिमुरूक गाउँपालिका मच्छी मा अवस्थित गौमुखी क्याम्पस मा अखिल छैठौँ गौमुखी क्याम्पस मूल इकाई समिति अध्यक्ष प्रविन जी.सी द्वारा सङ्गठन दर्ता भएको छ ।
प्युठान नगरपालिका बाग्दुला मा अवस्थित झिमरुक बहुमुखी क्याम्पसमा अखिल नेपाल युवक संघका केन्द्रिय कोषाध्यक्ष कमल पौडेलको उपस्थिति मा तथा जीत बहादुर बुढा को नेतृत्वमा सङ्गठन दर्ता भएको छ।