
प्युठान ,खलंगा
संघीयता बिरूद्द आन्दाेलनकाे तैयारीकाे शिलसिलामा “जनतासित राजमाे”कार्यक्रम अन्तर्गत मल्लरानी गाउँ पालिका वडा न ४ लाम्मेला खलंगामा बस्ती स्तरिय भेला कमला सुनारकाे अध्यक्षतामा सम्पन्न भएको छ।
राजमाे वडा जनप्रतिनिधि द्वय उजेली सुनार,देबेन्द्रराज श्रेष्ठ र केन्द्रीय सदस्य नारायण जिसीकाे उपस्थितिमा सम्पन्न भेलाले २१ सदस्यीय टाेल समिति गठन गरेकाे छ। जस्मा अध्यक्ष कमला सुनार क,उपाध्यक्ष नमृता गुरूङ,सचिव संगिता विक काेषाध्यक्ष सविना विक सदस्यहरूमा गिता सुनार,कमला सुनार ख,लक्ष्मी विक,शाेभा सुनार,राम ब गुरूङ,दीपा विक,सुन्तली सुनार,विमला विक,कृष्णा सुनार,लिला सुनार,मिठी सुनार,गिता विक,अम्विका विक,विनिता सुनार र इन्द्रा कामी रहनु भएको छ। भेला पछि बसेकाे बैठकले प्रशिक्षण,जनसम्पर्क,संघीयता सम्बन्धि विविध तैयारी गरेकाे छ। त्यस्तै खलंगा गुडकसेरीमा पनि आजै बस्ती स्तरिय भेला सम्पन्न भएको छ।भेलामा राजमाे केन्द्रीय सदस्य तथा मल्लरानी गाउँ पालिका अध्यक्ष कृष्ण खड्का,नारायण जिसी र समाजसेवी दामाेदर शर्माले विभिन्न विषयमा प्रशिक्षण दिनु भएको थियोे । भेलाले विविध विषयमा निर्णय सहित बस्ती स्तरकाे टाेल समिति गठन गरेको छ।समितिमा अध्यक्ष प्रेम बहादुर खड्का,उपाध्यक्ष हुमा पाेख्रेल,सचिव बुद्धिराम धिताल,काेषाध्यक्ष तुङ बहादुर पन्थ सदस्यहरूमा चित्र ब घर्ती,चुमान सिह गुरूङ,हेमराज उपाध्याय,शेर ब पन्त र विमला नेपाली रहनु भएको छ।भेलामा अनेयुवक संघका पूर्व केन्द्रीय उपाध्यक्ष हुमलाल नेपालीको पनि उपस्थिति रहेको थियोे ।