राजमाेले मनायाे पुनकाे शाेक सभा

नारायण जिसी ,प्युठान ,झिमरुक
राष्ट्रिय जनमाेर्चा झिमरुक गाउँकमिटीको आयोजनामा आज चाैकेमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
अखिल नेपाल जनजाति सम्मेलनका नेता तथा राष्ट्रिय जनमाेर्चाका नेता अमर बहादुर पुनकाे ९ औ दिनकाे स्मृतिमा शाेक सभा भएको हाे।
राष्ट्रिय जनमाेर्चा लुम्बिनी प्रदेसका सल्लाहकार बाशुदेव पाेख्रेलकाे प्रमुख आथित्यतामा भएको कार्यक्रममा ,नेपाल कम्युनिस्ट पार्टी मसाल लुम्बिनी प्रदेसका प्रवक्ता तिलक जि.सी. अखिल नेपाल किसान महासंघका संघका सचिव वीर बहादुर जि.सी.लगायतले मृतक पुनले समाजमा पुर्याउनु भएको याेगदानकाे अनुसरण गर्नु पर्ने बताउनु भएको थियाे।
मृतकका ३ छाेरा ३ छाेरी र १ श्रीमती हुनुहुन्छ । कार्यक्रमकाे संचालन सिताराम पाेखरेलले गर्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation