
बिस्व नेपाली मिडिया प्रा.लि .द्वारा सञ्चालित
सम्पर्क ठेगाना : बुटवल -६,चांदबारी रूपन्देही
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४८६९/२०८१/०८२
प्रेस काउन्सिल सूचिकरण प्रमाणपत्र दर्ता नं:४८८२/२०१/०८२
कम्पनी दर्ताः ३४०४३८/२०८०/०८१
विज्ञापनका लागि
फोन नं: (☏) +977-9842295277
इमेल : 📧 info@vishwanepali.com
सम्पादक : बामदेव भण्डारी
संचालक तथा कार्यकारी सम्पादक : शंकर प्रसाद पोख्रेल
मार्केटिङ प्रमुख :
विश्व नेपाली डटकम नेपाली भाषाको समाचार पोर्टल हो । यो वेबसाईटमा समाचार, विचार, मनोरञ्जन, खेलकुद, प्रवास, विश्वका खबर, सूचना प्राविधि लगायत श्रमजीवी वर्गको पक्षमा बढी भन्दा बढी आवाज उठाउने कोशिश र विश्लेषणहरु सम्बन्धी नै हाम्रो जोड रहनेछ ।
काठमाडौँ । राष्ट्रिय सहकारी अभियानले सहकारीपीडितको रकम फिर्ता गर्न माग गरेको छ ।
अभियानको २०८१ फागुन १७ गते रुपन्देहीको बुटवलमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो ।
अध्यक्ष गङ्गालाल सापकोटाको हस्ताक्षरमा फागुन १९ गते जारी प्रेसविज्ञप्तिमा भनिएको छ– “सहकारीमा रहेको सर्वसाधारणको रकम ठगी तथा अपचलनमा संलग्न जोकसैलाई पनि अविलम्ब कारबाही गर्न र पीडितको रकम फिर्ता गर्नका लागि प्रभावकारी कदम उठाउन अभियानको तर्फबाट सरकारसँग जोडदार माग गर्दछौँ ।”
बैठकले हिउँदे अधिवेशनको सम्मुखमा सहकारीलगायतका विभिन्न विषयमा अध्यादेश ल्याउने सरकारी रवैयाको विरोध गरेको छ । सरकारले संसद्बाटै ऐनकानुन संशोधन तथा निर्माण गर्नुपर्ने आवश्यकतामा विज्ञप्तिमा जोड दिइएको छ ।
सङ्घीयता र गैरलोकतान्त्रिक प्रणालीले सहकारीको विकासलाई कुण्ठित पार्ने बताउँदै अभियानले अहिले देशको गणतान्त्रिक प्रणालीलाई उल्ट्याउने प्रयत्नप्रति सहकारी अभियानको ध्यान गएको उल्लेख छ ।
यस सन्दर्भमा सङ्घीयताको खारेजीका लागि राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ देखि ३० गतेसम्मका लागि घोषणा गरेको काठमाडौँकेन्द्रित आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गरिएको छ ।
बैठकले देशव्यापी सङ्गठन विस्तार गर्न सुदूरपश्चिम प्रदेशमा राजकुमार चौधरी, कर्णाली प्रदेशमा विष्णुप्रसाद शर्मा, लुम्बिनी प्रदेशमा लोकेन्द्र सुनार, गण्डकी प्रदेशमा थानेश्वर सुवेदी र बागमती प्रदेशमा कृष्णबहादुर विष्टलाई जिम्मा दिइएको उल्लेख छ ।
अभियानको केन्द्रीय कार्यालय काठमाडौँमा र सम्पर्क कार्यालय बुटवलमा राख्ने निर्णय गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।