
बुटवल, फागुन २०गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांगे्रसलाई जीवन्त पार्टी बनाउनु पर्ने बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले कांग्रेस लाई जीवन्त बनाउन मतभेतको अन्त्य गर्नुपर्ने बताए ।
सोमबार रुपन्देहीको भैरहवामा हिजो कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय सभापतिहरु र क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखको प्रशिक्षण कार्यक्रम उद्घाटन समारोहमा बोल्दै कांग्रेस ति जनताको आर्कषण बढाउन जीवन्त भाइब्रेण्ट डेमोक्रेटी पार्टी बनाउनु पर्छ भने ।
पार्टी भित्र नमिलको कुरालाई आपसमा छलफल गरेर मिलाउनु पर्ने बताउंदै सभापति देउवाले भने – ‘हाम्राबीचमा अनेक किसिमका मतभेदका कारण कतिपय कुराहरु नमिलेका हुन सक्छन् । ती नमिलेका कुरालाई छफफल गरेर मिलाउन सकिन्छ ।
हाम्रो देशमा लोकतन्त्र, प्रजातन्त्र भएका कारण समावेशी, समानुपातिक र विपक्षी दलसहितको व्यवस्था बनेको बताउंदै सभापति देउवाले भने – लोकतन्त्रमा प्रतिपक्षी पार्टीको ठूलो भूमिका हुन्छ ।
कांग्रेस का उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस ई नीतिगत रुपमा सुधार गर्नुपर्ने बताए । नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीको आतिथ्यमा सुरु भएको कार्यक्रम आज मंगलबारसम्म सञ्चालन हुने र यो कार्यक्रममा ३ सय बढी नेता तथा कार्यकर्ताको सहभागिता रहेको क्षेत्रीय सभापति सुशील गुरुङले जानकारी गराए ।