पत्रकारको संसदको पास निलम्बन र केपी ओलिकप बारे संसदमा उठ्यो आवाज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले संसद सचिवालयले दुई पत्रकारको संसद प्रवेश पास निलम्बन गरेकोप्रति असन्तुष्टि जनाएका छन् । उनले प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई संसद भवन परिसरमा प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भन्दै संसद सचिवालयले दुई जना पत्रकारहरूको संसद प्रवेश पास निलम्बन गरेको थियो । सचिवालयले पत्रकार प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद प्रवेश पास निलम्बन गरेको हो ।

प्रतिनिधिसभा बैठकमा सांसद खनालले भने, ‘केही दिनअघि सत्तापक्षको सांसदले निर्वाचन जितेर आएको मान्छे पनि हिटलर हुन सक्छ ? र भनेर प्रश्न सोध्नुभएको थियो । संसद सचिवालयलाई सचेत गराउनुभएको थियो । आज निलम्बनको खबर आयो ।’

उनले प्रधानमन्त्रीविरुद्ध बोल्नलाई कहिले कुट्ने कहिले जेल हालेकोप्रति असन्तुष्टि जनाउँदै जनाए ।

साथै, उनले प्रधानमन्त्रीलाई तपाईं हिटलर बन्दै हो ? भनेर प्रश्नसमेत गरे ।त्यसै गरी राप्रपा सांसद ज्ञानेन्द्र शाहिले रंगशालामा एमाले कार्यकर्ताले दर्शक पिटेको कुरा समेत उठाएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation