तिलोत्तमामा गुडिरहेको कारले एक्कासी ब्रेक लगाउँदा ५ वटा गाडी ठोक्किए, १ जना घाइते

 

रुपन्देहीको तिलोत्तमामा गुडिरहेको कारले बिच सडकमा एक्कासी ब्रेक लगाउँदा ६ वटा सवारी साधन ठोक्किएका छन् ।

बुधबार साँझ तिलोत्तमा नगरपालिका ७ भलवारी स्थित सिद्दार्थ राजमार्ग मुख्यसडक खण्डमा भैरहवादेखि बुटवल तर्फ आउँदै गरेको सरकारी नम्बर प्लेटको प्र ३–१०००२ झ ५४३८ को कारले हिडिरहेको बेला एक्कासी विच सडकमा ब्रेक लगाएको थियो ।

एक्कासी गुडिरहेको कारले ब्रेक लगाउँदा उक्त सवारीको पछाडि आइरहेको लु ३२ प ४११४ नम्बरको स्कुटर, लु १ ब १४०५ नम्बरको मोटरसाइकल, बाग्मती वीएवी ८३०१ नम्बरको कार, बाग्मती प्रदेश ०१०३० च ५६४६ नम्बरको कार, लु १ क ५४६६ नम्बरको बस र लुम्बिनी प्रदेश ०१–००१ च ००२२८ नम्बरको भेन आपसमा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिए ।

दुर्घटनामा परी लु ३२ प ४११४ नम्बरको स्कुटरका चालक रुपन्देहीको सैनामैना नगरपालिका २ सरैलीका ३३ वर्षीय गिरीप्रसाद थापा घाइते भएको डिएसपी कार्कीले बताए ।

घाइते थापाको नाक र दाँतमा सामान्य चोट लागेको र उपचारका लागि क्रिमशन अस्पताल मणिग्राम पठाइएको छ । सबै चालकको सवारी चालक अनुमतिपत्र खुल्न बाँकी रहेको छ भने चालकको स्वास्थ्य जाँच गर्दा सबै चालकले मापसे सेवन नगरेको पाइएको प्रहरीले जनाएको छ ।अहिले ६ वटै सवारी साधनहरु प्रहरी बिट मंगलापुरको नियन्त्रणमा रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation