कपिलवस्तुमा अखिल नेपाल महिला संघ ले मनायो ११५औं श्रमिक महिला दिवस सम्पन्न

केर सिंह अ दै ,
कपिलवस्तु , अखिल नेपाल महिला संघ कपिलवस्तु ले ११५औं अन्तर्राट्िय महिला दिवस शिव राज नगर पालिका को खारेन्द्रपुर मा मनाएको छ, अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष शारदा खनाल को अध्यक्षता र अखिल नेपाल जनजाति सम्मेलन की केन्द्रिय सचिब उषा पुन को प्रमुख आतिथ्यता मा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको हो, प्रमुख अतिथि उषा पुन ले श्रमिक महिला हरुको महान त्याग , संघर्स बाट महिला हरुले हक अधिकार पाएको बताउँदै अधिकार पूर्ण नभएको बताउनु भयो, यो सीमित प्रकारको हक अधिकार लाई पनि सही प्रकार ले सदुपयोग गर्न नसकिएको, घरेलु हिंशा, अन्ध विश्वास रुढीवादी संस्कृति बाट महिला हरु माथि उठ्नु पर्ने बताउनु भयो, कार्य क्रम मा राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदै ले तत्कालीन राजनीतिक परिस्थिति को बारेमा बोल्दै संघीयता को कारण महँगी, कर वृद्धि , बेरोजगार बढ्दै गइरहेको परिस्थिमा राष्ट्रिय जनमोर्चा संघीयता खारेज गर्न काठमाडौं केन्द्रित आन्दोलन मा लागेको बताउनु भयो, रक्तिम सांस्कृतिक अभियान का जिल्ला अध्यक्ष बेगम बुढा ले महिला हरु हक अधिकार को लागि संगठित हुनु पर्ने बताउनु भयो, कार्य क्रम मा महिला संघ की सविता खनाल, राष्ट्रिय जनमोर्चा जिल्ला सल्ला कार चेट नारायण खनाल, पत्रकार नवराज पौडेल ले शुभ कामना व्यक्त गर्नु भएको थियो, कार्य क्रम को संचालन अस्मिता विक ले , स्वागत अखिल नेपाल महिला संघ की जिल्ला सह सचिव बिनिता अदै ले गर्नु भएको थियो, रक्तिम सांस्कृतिक अभियान का कलाकार ले स्वागत गीत प्रस्तुत गरेका थिए,।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation