स्ववियु निर्वाचन : विद्यार्थी हकहितका लागि हाम्रो प्रतिबद्धता

 

स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचन केवल पद प्राप्त गर्ने प्रक्रिया होइन, यो विद्यार्थीका समस्या समाधान गर्ने, शिक्षाको गुणस्तर सुधार गर्ने र हकअधिकारको रक्षा गर्ने अभियान हो। म, बसन्त राज गोराथोकी, सभापति पदको उम्मेदवारका रूपमा, विद्यार्थी साथीहरूको चाहना, आवश्यकताहरू र अधिकार सुनिश्चित गर्न प्रतिबद्ध छु।

छात्रवृत्ति, गुणस्तरीय शिक्षा, सुव्यवस्थित क्याम्पस, खेलकुद प्रवर्द्धन, र पारदर्शी प्रशासनका लागि म निरन्तर लाग्नेछु। विद्यार्थीहरूका जायज मागहरू सम्बोधन गर्न, अन्याय र बेथितिको अन्त्य गर्न म दृढ सङ्कल्पका साथ अगाडि बढ्नेछु।

तसर्थ, विद्यार्थी हकहितका लागि सही निर्णय लिनुहोस्, सचेत भएर योग्य नेतृत्व चयन गर्नुहोस्। तपाईंको अमूल्य मत परिवर्तनको आधार हो!

सशक्त विद्यार्थी, समृद्ध क्याम्पस!

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation