
अखिल नेपाल महिला संघ घोराही उपमहानगर समितिले श्रमिक महिला दिबसको अबसरमा श्रमिक महिला लाइ सम्मान गरेको छ । घोराही उपमहानगरपालिका १९ स्थाइ घर भइ घोराही बजारमा बसि दैनिक मजदुरी गर्ने निर्माण मजदुर साबित्रा घर्तीलाइ खादा , अबिर र नगद सहित सम्मान गरिएको हो । अखिल नेपाल महिला संघ घोराही नगरले आयोजना गरेको ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिबस कार्यक्रमको सन्दर्भमा उहालाइ सम्मान गरेको हो । सम्मानित घर्ति घर निर्माण गर्ने ठाउमा मजदुरी गरेर आफ्नो जिबिकोपार्जन गर्दै आउनु भएको छ ।