होली पर्वको अवसरमा शुभकामना आदानप्रदान

बुटवल । होली पर्वको अवसर पारेर जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपाल, लुम्विनी प्रदेश समितिले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । होलीको अवसरमा बुटवल फूलबारीमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि बुटवल क्षेत्रका खेलाडी तथा विशिष्ट व्यक्तिहरुका बीचमा शुभकामना साटासाट गरिएको हो । जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपाल, लुम्बिनी प्रदेश समितिका अध्यक्ष मनोज रानाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राजनीतिज्ञ एवं लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष बामदेव क्षेत्रीले होलीको रङको विविधता जस्तै नेपालको विविधता रहेकाले यसलाई अस्वीकार गर्दै उत्पीडनमा परेका वर्ग र समुदायका विरुद्ध अहिले षड्यन्त्र हुन लागेको बताउनु भएको छ । यहाँको विविधतालाई नस्वीकार्ने प्रतिगमनवादीहरुले अहिले देशलाई अप्ठेरो पार्ने प¥यत्न गरिरहेको उहाँको भनाई थियो । अबको समय प्रतिगमन विरुद्ध एकजुट भएर लाग्न आवश्यक रहेको जोड दिँदै उहाँले नेपाली जनता गणतन्त्रको विपक्षमा कहिल्यै नरहेको बताउनु भएको छ । सो अवसरमा नेताहरु गोविन्द केसी, हरि बहादुर घर्ती, सुशी पुलामी लगायतले बोल्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation