
खिमराज चालिसे
चंडिगढ
भारतको हरियाणा राज्यको अम्बालामा राजमोको आयोजनामा चैत्र २४ गते देखि शुरु हुने संघियता विरुद्धको काठमाण्डौं केन्द्रीत आन्दोलनप्रति मूल प्रवाह अम्बाला नगर समितिको आयोजनामा प्रचारात्मक तथा ऐक्यवद्धता सभा आज १६ मार्च २०२५ को सम्पन्न भएको छ।
मूल प्रवाह केन्द्रिय सदस्य खिमराज चालिसेले संघियता विरुद्धको काठमाण्डौं केन्द्रीत आन्दोलनको ऐतिहासिक महत्वबारे स्पष्ट पार्नु भएको थियो । वहाले संघियता खारेजीको आन्दोलनलाई दृढता पुर्वक शशक्त पार्न आर्थिक नैतिक भौतिक सहयोग गरिदिन अनुरोध गर्नु भएको थियो ।
सभालाई मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रिय सदस्य लक्ष्मण अर्याल, मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रिय महिला विभागकी सदस्य अन्जु सुवेदी, महिला नगर संयोजक रेश्मा केसी, सेवा सुरक्षा सहयोग समितीका किसन नेपाली, गणेश पटेल लगाएतले सम्वोधन गर्नु भएको थियोे।
कार्यक्रम गंगा बिसनको अध्यक्षतामा तथा प्रेम रसालीको संचालनमा सम्पन्न भएको हो भने स्वागत कमल सुवेदीले गर्नु भएको थियो ।