नवलपरासीमा गाईगोरुलाई निर्दयी व्यवहार गर्दै लगिंदै गरेको अवस्थामा पक्राउ

 

नवलपरासी (ब.सु.प.)— सुनवल नगरपालिका वडा नं. १२, हर्कट्टा स्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा. प्रदेश ०३-००१ ख ३४७५ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्ने क्रममा प्रहरीले गाईगोरुलाई निर्दयी व्यवहार गरिएको अवस्थामा फेला पारेको छ।

प्रहरीले मिनी ट्रक रोकी जाँच गर्दा ट्रकभित्र ५ जिउ गोरु र १३ जिउ गाई गरी कुल १८ जिउ गाईगोरु लाई विभिन्न तरिकाले यातना दिई राखिएको अवस्थामा फेला पारेको हो। पशुहरूमाथि यस्तो क्रूर व्यवहार गरिएको पाइएपछि प्रहरीले तिनीहरूको उचित व्यवस्थापनका लागि आवश्यक पहल गरेको छ।

अहिले प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। गाईगोरुको तस्करी, अवैध ओसारपसार वा कुनै अन्य गैरकानुनी गतिविधिसँग सम्बन्धित भए-नभएको विषयमा पनि अनुसन्धान भइरहेको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation