सर्वोदय क्याम्पस बागलुङमा (स्ववियु) निर्वाचन अखिल (छैठौं)को प्यानलै बिजयी

दिपेन्द्र परियार ,बागलुङ

बागलुङको बरेङ बजार स्थित सर्वोदय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ ।
आज मंगलवार बिहान सम्पन्न निर्वाचनमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन.(छैठौं)को प्यानल निर्विरोध निर्वाचन भएको सर्वोदय क्याम्पस स्ववियु निर्वाचन संयोजक ओम पुनले जानकारी दिनुभयो ।
क्याम्पस स्ववियु सभापतिमा मोहराज पौडेल‚ उपाध्यक्ष  कला शर्मा‚ सचिवमा गोमा शर्मा‚ सहसचिवमा भिम बहादुर छन्त्याल ‚ कोषाध्यक्ष हेमन्त कुमार ढकाल ‚ तथा सदस्यहरू मा प्रमिला थापा ‚ सिजन थापा ‚ लोकनाथ ढकाल ‚ रेखा थापा ‚आयुशा बस्याल ‚ कमला शर्मा निर्वाचित भएका छन् ।

484106717_968978642091059_8335303540904379533_n-1742274192.jpg
निर्वाचित पदाधिकारीहरू लाई निर्वाचन संयोजक ओमबहादुर पुनले सपथ ग्रहण तथा प्रमाण पत्र प्रदान गर्नुभएको थियो । निर्वाचित पदाधिकारीहरु लाई कार्यक्रमका प्रमुख अतिथि बरेङ गाउँपालिका वडा न १ का अध्यक्ष नरसेङ पुन‚ भृकुटी माध्यमिक विद्यालयका शिक्षक खिम बहादुर पुन‚ सर्वोदय माध्यमिक विद्यालयका निर्वतमान अध्यक्ष हिरा बहादुर पुन‚ सर्वोदय क्याम्पस प्रमुख फुल कुमारी शर्मा लगायतले सफल कार्यकालको बधाई सहित शुभकामना दिनुभएको थियो ।
स्ववियु सभापति पौडेलले आफ्नो कार्यकालमा क्याम्पस र विद्यार्थीको हक हितका लागी देखिने गरि कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

483497387_9273562602680101_348533172711851312_n-1742274191.jpg

कार्यक्रम सर्वोदय क्याम्पस सञ्चालक समिति अध्यक्ष केहरसिंङ पुनको अध्यक्षता निर्वाचन समिति सदस्य शिक्षक खिम बहादुर पुनको स्वागत शिक्षक पर्शुराम शर्मा (प्रशान्त) को सञ्चालनमा सम्पन्न भएको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation