ध्रुवतारा सयपत्री सहकारीको एक हप्ते बाद्यवादन तथा उद्घोषण तालिम सम्पन्न

चैत्र ५, बुटवल
बुटवलमा रहेको श्री ध्रुबतारा सयपत्री बचत तथा ऋण सहकारी संस्थाको गत फागुन २७ देखि सुरु गरेको सदस्यहरुका लागी एक हप्ते बाद्यवादन तथा उद्घोषण तालिम मंगलबार एक कार्यक्रमका बिच समापन गरेको छ।
वार्षिक कार्यक्रम अनुशार सेयरसदस्यहरुका क्षमता अभिवृद्धी साथै सहकारी शिक्षा कार्यक्रम अन्तरगत राखिएको सो तालिममा मिलन कलाकेन्द्रकी प्रशिक्षक मिना बुढाथोकीले बाद्यबादन र पत्रकार विनोद परियारले उद्घोषण तालिम साथै संस्थाका अध्यक्ष मान बहादुर कुँवरले नेतृत्व बिकास र सहकारी शिक्षा सम्बन्धी तालिम सहजिकरण गरेका थिए ।
संस्थाका अध्यक्ष मान बहादुर कुँवरको अध्यक्षता र सचिव विनोद खनालको संचालनमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष ईन्जिनियर छबिन्द्र भट्टराईले स्वागत मन्तव्य राख्दै संस्थाको बित्तीय अवस्थाबारे प्रकाश पारेका थिए ।
समापन कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष तुलसिराम शर्मा, लेखा सुपरिबेक्षण समिति संयोजक पशुपति पौडेल, कोषाध्यक्ष मणिरत्न शर्मा, बाद्यबादन प्रशिक्षक मिना बुढाथोकी लगायतले संस्थाले दिएको तालिमलाई जीवन ब्यबहारमा उतार्न अनुरोध गर्दै संस्थाले अरु थप सृजनात्मक कार्यक्रमहरु गर्दै जाने उल्लेख गरे । बुटवलको होटल मेरिगोल्डमा संचालित सो तालिममा ४० जना सहभागि थिए भने सहभागिहरुका तर्फबाट लेखनाथ भण्डारी र प्रतिभा सुबेदीले तालिम अनुभुती राखेका थिए । सो कार्यक्रममा सहभागिहरुले रचना गरेको सहकारी सम्बन्धी गीत र नृत्य समेत प्रस्तुत गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation