ऐरावति बहुमुखी क्याम्पस लालमटियामा अखिल छैठौं का शर्मा सचिवमा विजयी

घोराही । ऐरावति बहुमुखी क्याम्पस लालमटिया देउखुरी दाङमामा अखिल (छैठौं) बाट सचिव सहित ४ जना सदस्य लोकप्रिय मतसहित विजयी हुनुभएको छ ।
अखिल क्रान्तिकारी र अखिल (छैठौं) को संयुक्त प्यानलबाट सचिवमा दिपक शर्मा १९३ मत ल्याएर सचिव पदमा निर्वाचित हुनुभएको हो साथै सदस्यहरुमा सौरभ पोख्रेल १८८, मणिप्रसाद पोख्रेल १८८, भुपिन्द्र परियार १८६, र रविना कुँवर १८३ मत सहित विजय हुनुभएको हो ।
सो क्याम्पसमा अखिल क्रान्तिकारी र अखिल छैठौंको संयुक्त प्यानल नै विजय भएको हो जसमा अखिल क्रान्तिकारी बाट सभापतिमा बिनोद कुमार सोनि ले २१४ मत कोषाध्यक्षमा मन्दिप पोख्रेलले १८९ मत र सदस्यमा अनिल चौधरीले १८३ मत प्राप्त गरेका छन् ।
स्ववियु निर्चानमा सो क्याम्पसमा कुल ७२५ मतदाता मध्ये ४८५ मत खसेको थियो ।
उक्त क्याम्पसमा अनेरास्ववियु र नेविसंघ ले आ- आफ्नो प्यानल लिएर चुनावि मैदानमा थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation