
रुपन्देही । बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजंग केसीको निधन भएको छ । लामो समयदेखि बुटवल बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका प्रध्यापक केसीको बुधबार साँझ उपचारका क्रममा काठमाडौँको टिचिङ अस्पतालमा निधन भएका हो । प्रध्यापक केसी बुटवल बहुमुखी क्याम्पसको स्नातकोत्तर तह अर्थशास्त्र विभागका विभागीय प्रमुख समेत हुन् ।
मृगौलाको समस्या रहेका केसीलाई केही दिन अघि मात्रै निमोनिया समेत देखिएको थियो । बुटवल हस्पिटल प्रा.लि. मा उपचार गराउने क्रममा निमोनिया देखिए पछि थप उपचारका लागि काठमाडौँमा टिचिङ अस्पतालमा रिफर गरिएको थियो।