
शंकर प्रसाद पोख्रेल
चैत्र ,७ ,रुपन्देही
नेकपा (एकीकृत समाजवादी) रुपन्देही जिल्लाको दशौं जिल्ला अधिवेशन आगामी चैत्र ९ र १० गते बुटवलको साइनो पार्टी प्यालेसमा हुने भएको छ।
उक्त पाटिले आज रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलन गरेर अधिवेशन बारे जानकारी गराएको हो।
जिल्ला कमिटी अध्यक्ष श्रीराम यादवको अध्यक्षमा गरिएको पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादिका जिल्ला इन्चार्ज तथा केन्द्रिय नेता नन्दलाल बन्जाडेले प्रेस वक्तव्य पमार्फत रुपन्देही जिल्ला अधिबेशन बारे जानकारी गराएका थिए।
पत्रकार सम्मेलनमा सांसद तथा नेकपा एकीकृत समाजबादिकि नेता भगवती घिमिरे ,केन्द्रिय लेखा आयोगका लिलाधोज शाहा, जिल्ला उपाध्यक्ष चीन बहादुर गुरुङ लगायतको उपस्तिथि रहेको थियो।भने केन्द्रिय नेता नन्दलाल बन्जाडेले पत्रकारहरुले सोधेका प्रस्नहरुको जवाफ दिएका थिय।