
बुटवल, चैत ९गते । रुपन्देहीको बुटवलमा दोस्रो लुम्बिनी मिडिया सम्मेलन शुरु भएको छ । मिडिया क्षेत्रका समस्या, चुनौती र समाधानबारे छलफल गर्ने उद्वेश्यले दोस्रो मिडिया सम्मेलन आयोजना गरिएको आयोजकहरुले बताएका छन् ।

दुई दिनसम्म चल्ने मिडिया सम्मेलनको शुक्रबार विशेष कार्यक्रमका साथ उद्घाटन गरिएको हो । प्रकाशन तथा प्रशारण संघ लुम्बिनीले आयोजना गरेको मिमिडया सम्मेलेन चैत ८ र ९ गतेसम्म चल्ने छ । उक्त मिडिया सम्मेलनको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन् । त्यस अवसरमा बोल्दै बुटवलका प्रमुख खेलराज पाण्डेयले मोफसलको राजधानी बुटवलमा सञ्चारग्राम निर्माण गर्नुपर्ने बताए ।
उनले मिडियाहाउस र पत्रकारहरुको दीगो रुपमा टिकाई राख्न सञ्चारग्राम बनाउनु पर्ने र त्यसका लागि बुटवल उपमहानगरापालिकाले आर्थिक, भौतिक र नैतिक सबै सहयोग गर्ने प्रतिवद्वता जनाए । सञ्चारग्राम निर्माणका लागि जग्गाको खोजी गर्ने बताउंदै शिक्षा, स्वास्थ्य र आर्थिक केन्द्रको रुपमा चिनिने बुटवललाई मिडियाको क्षेत्रबाट पनि चिनाउनका लागि मिडिया सञ्चारग्राम निर्माण गर्न आवश्यक रहेको प्रमुख पाण्डेयको भनाइ । बुटवलको विकासले समग्र देशको विकासमा सकरात्मक प्रभाव पार्ने बताउंदै भारत र चीनका स्थानीय जनप्रतिनिधिसंग संयुक्त रुपमा छलफल गर्ने गरी बुटवल उपमहानगरपालिकाले योजना बनाएको जानकारी गराए ।
उक्त मिडया सम्मेलन उद्घाटनको पहिलो दिन पत्रकार महासंघसंघ पत्रकोहरुको सम्बन्भ र भावी नीतिबारे नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा र पूर्व अध्यक्ष विपुल पोखरेलले आआफ्ना धारण राखेका थिए ।

त्यस अवसरमा वर्तमान अध्यक्ष शर्मा र पूर्व अध्यक्ष पोखरेलले पत्रकार महासंघ र पत्रकारहरुको सम्बन्ध घरायसी सम्बन्ध रहेको बताउंदै महासंघ अविभावियक संस्था भएको बताए ।
पत्रकारितामा श्रमको मुल्य नभएकोले मिडियामा दक्ष जनशक्तिको अभाव भएको तर्कगर्दै पत्रकारिता मर्यादित, जवाफदेही र व्यवसायिक हुनुपर्नेमा जोड दिए । यो विषयमा पत्रकार भवानी पाण्डेयले सहजीकरण गरेका थिए । यो विषमा पत्रकार शेरबहादुर केसीले पनि व्याख्या गरेका थिए ।
त्यस्तै विज्ञापन बजार र नीजि क्षेत्रको भूमिकाबारे हेमराज ढकाल, अनलाइन मिडयाबारे प्रतिक प्रधान, के अनलाइन पत्रकारिता सधैका लागि हो भन्ने विषयमा धर्मराज भुसाल, प्रतिक प्रधान, नियमन कि नियन्त्रण विषयमा प्रतिक परियार, संगिता खड्का र सुरेश अधिकारीले आफ्नो धारण राखेका थिए ।
त्यस्तै परम्परागत मिडिया अबको बाटो विषयमा बोधराज त्रिपाठी, मदन लम्साललगायतले व्याख्या गरेका थिए । पत्रकार भवानी पाण्डेय, अमृता अनमोल, विनोद परियार र सिपी खनालले सहजीकरण गरेका थिए ।
प्रकाशन तथा प्रशारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुंवरको अध्यक्षता, माधव नेपालको सञ्चालनमा भएको कार्यक्रमबारे विष्णु भुसालले कार्यक्रमबारे जानकारी गराएका थिए ।
दुई दिनसम्म चल्ने दोस्रो लुम्बिनी मिडिया सम्मेलनले नयां नेतृत्व चयन गर्ने छ ।