
बुटवल, । बुटवल उपमहानगरपालिकाले थप १ सय ६९ ईरिक्सालाई संचालन अनुमति दिएको छ ।
बजारमा अब्यवस्थित ईरिक्सा संचालनको गुनासो आईरहेको बेला बुटवल उपमहानगरपालिकाले ब्यवस्थापनको काम थालेको हो । दर्ता र जाचपास जस्ता आवश्यक प्रक्रिया पुरा गरेका १ सय ६९ ईरिक्सा चालकहरुलाई आईतबार संचालन अनुमतिपत्र वितरण गरिएको छ ।
आइतबार एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवि अर्याल, यातायात ब्यवस्था कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवललगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिसहितको उपस्थितिमा अनुमतिपत्र वितरण गरिएको हो ।
बुटवल उपमहानगरपालिकामा एक हजार ४ सय ४० ई रिक्सा संचालन गर्न सकिने ब्यबस्था रहेको भन्दै नगरप्रमुख पाण्डेयले छिटोभन्दा छिटो आवश्यक मापदण्ड पुरा गरेरमात्र ईरिक्सा संचालन गर्न आग्रह गरे । दर्ता नभएका संचालनमा कडाइ गरिने तथा ई रिक्सा जथाभावी चलाउने, जथाभावी भाडा लिने र अनावश्यक व्यवहार गर्नेहरुलाई निरानीमा राखिने उनले बताए ।
यसअघि १ हजार २४७ ईरिक्साले सञ्चालन अनुमति पाएकाेमा अन्य ईरिक्सा ब्यवसायीहरूले आफुहरूले पनि सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै आएका थिए ।
साेही माग र बजारले थेग्न सक्ने अवस्थालाई मध्यनजर गरी हाललाई १ सय ६९ ईरिक्सा चालकहरुलाई संचालन अनुमतिपत्र दिइएको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले जानकारी दिइन् ।
बुटवल उपमहानगरपालिकाले नगर भित्र एक हजार ४ सय ४० ई रिक्सा संचालन गर्न सकिने मापदण्ड तय गरेको छ ।