
काठमाडौँ । ललितपुरस्थित नेसनल ल कलेजमा अखिल (छैठौं) की केन्द्रीय कोषाध्यक्ष समष्टि बुढामगर सदस्यमा निर्वाचित हुनुभएको छ ।
२०८१ चैत १३ गते बुधबार सम्पन्न मतगणनामा उहाँ निर्वाचित हुनुभएको हो ।
आठौँ सेमेस्टरमा अध्ययनरत बुढा नेपाल विद्यार्थी सङ्घसमेत सम्मिलित डेमोक्रेटिक ल स्टुडेन्टस् प्यानलबाट उम्मेदवार हुनुहुन्थ्यो ।
चैत १२ गते सुरु भएको मतदानको क्रममा समस्या उत्पन्न भएपछि आज मतदान सम्पन्न भएर मतगणना भइरहेको छ ।
यो समाचार तयार पार्दासम्म मतगणना समाप्त भइसकेको छैन ।
विद्यार्थी कल्याणकारी परिषद्मा अध्यक्षसहित १५ सदस्यीय कार्यसमिति रहने प्रावधान छ ।