बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

 

रुपन्देही ,२६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा अधिकांश प्रदेशहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षासहित हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। भारी वर्षाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै बाढी, पहिरो र भूक्षयबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation