
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अबको आफ्नो राजनीतिक लक्ष्य एमालेको अध्यक्ष बन्ने रहेको स्पष्ट गरेकी छिन्।
एक अन्तर्वार्तामा “के त्यसका लागि तपाईँ एमाले अध्यक्ष बन्न चाहनुहुन्छ?” भन्ने प्रश्नमा उनले सिधा जवाफ दिइन् – “हो।”
भण्डारीले वर्तमान अध्यक्ष केपी शर्मा ओलीबारे बोल्दै, उनी दुई कार्यकाल अध्यक्ष भइसकेकाले अब दोहोरिएर नेतृत्वमा नआउने विश्वास पनि व्यक्त गरिन्। “मैले चिनेको केपी ओली त्यस्तो होइन,” उनले भनिन्।
भण्डारीको यस भनाइले एमालेभित्रको आगामी नेतृत्व दौडमा नयाँ तरंग ल्याउने संकेत देखिएको छ।