
काठमाडौं । नेपाल राष्ट्र बैंकले चेक बाउन्स (चेक अनादर) सम्बन्धी व्यवस्थामा संशोधन गरेको छ।
बिस्व नेपाली मिडिया प्रा.लि .द्वारा सञ्चालित
सम्पर्क ठेगाना : बुटवल -६,चांदबारी रूपन्देही
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४८६९/२०८१/०८२
प्रेस काउन्सिल सूचिकरण प्रमाणपत्र दर्ता नं:४८८२/२०१/०८२
कम्पनी दर्ताः ३४०४३८/२०८०/०८१
विज्ञापनका लागि
फोन नं: (☏) +977-9842295277
इमेल : 📧 info@vishwanepali.com
सम्पादक : बामदेव भण्डारी
संचालक तथा कार्यकारी सम्पादक : शंकर प्रसाद पोख्रेल
मार्केटिङ प्रमुख :
विश्व नेपाली डटकम नेपाली भाषाको समाचार पोर्टल हो । यो वेबसाईटमा समाचार, विचार, मनोरञ्जन, खेलकुद, प्रवास, विश्वका खबर, सूचना प्राविधि लगायत श्रमजीवी वर्गको पक्षमा बढी भन्दा बढी आवाज उठाउने कोशिश र विश्लेषणहरु सम्बन्धी नै हाम्रो जोड रहनेछ ।
नयाँ व्यवस्था अनुसार, खातामा पर्याप्त रकम नहुँदा चेक बाउन्स भएमा अब चेक जारी गर्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राखिनेछ।
यद्यपि, यस्तो अवस्थामा मिलापत्र गरी कालोसूचीबाट हट्ने विकल्प समेत खुला गरिएको छ।
राष्ट्र बैंकले चेक अनादर व्यहोरा प्रमाणित गर्ने कार्यविधि २०८२ जारी गर्दै कालोसूचीमा समावेश हुने अवस्थाहरूलाई स्पष्ट पारेको छ।
कार्यविधि अनुसार, खातामा रकम अपर्याप्त भई चेक अनादर भएमा चेक जारी गर्ने खातावाला र उनीसँग सम्बन्धित पक्षलाई कालोसूचीमा राख्न सकिनेछ।
चेक अनादर भएपछि चेक धारकले सम्बन्धित बैंक वा वित्तीय संस्थामा निवेदन दिएर कालोसूचीमा राख्न अनुरोध गर्नुपर्नेछ। यस्तो निवेदन दिँदा अनादर भएको चेकको सक्कल प्रति संलग्न गर्नुपर्नेछ र चेक अनादर प्रमाणित भएको मितिले ६ महिनाभित्र निवेदन दिइसक्नुपर्नेछ।
चेक अनादर भएको निवेदन प्राप्त भएपछि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले ५ कार्य दिनभित्र चेक जारी गर्ने व्यक्ति (दस्तखत गर्ने व्यक्ति समेत), फर्म, कम्पनी वा संस्था तथा निजसँग सम्बन्धित पक्षहरूलाई कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रलाई पत्राचार गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ।