
प्युठान , राष्ट्रिय जनमोर्चा माण्डवी गाउपालिकाले बिधुत प्रभावित क्षेत्रलाई छुट्टै लाईनको माग गर्दै हस्ताक्षर अभियान चलायको छ।
बुटवल पावर कम्पनिले बिगत ३० वर्षदेखि प्रभावित क्षेत्र माण्डवी गाउंपालिकाका साविक वडाहरलाई ५,६,७,८.,र ९ नयागाउलाई वेवास्ताह गर्दै आयकोले आफुहरुले हस्ताक्षर अभियान चलायको राष्ट्रिय जनमोर्चाका नेता खगेस्वर सुनारले विश्व नेपाली डटकमलाइ बताय। राष्ट्रिय जनमोर्चाले प्रभावित क्षेत्रलाई छुट्टै लाईनको माग राखेर प्युठान जिल्लाको
माण्डवीमा हस्ताक्षर अभियान चलाएको हो।
हस्ताक्षर अभियान किन?भन्नेबारेमा राजमो नेता खगेश्वर सुनारले प्रष्ट पारेका थिय।
हस्ताक्षर अभियान कार्यक्रम भोजेन्द्र कुवरको संचालन लिल बहादुर राउतको अधक्ष्यता र नरेन्द्र खडकाले ब्यानर पढेर उद्धाटन गरेका थिय।
राष्ट्रिय जनमोर्चाले बुटवल पावर कमपनि र माण्डवि गाउपालिकालाइ ज्ञापन पत्र बुझाउनेपनि सुनारले बताएकाछन ।