मानव बेचबिखनको अभियोगमा बुटवलबाट एक महिला पक्राउ

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देवीनगरबाट एक महिलालाई मानव बेचबिखनको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । ८ वर्ष पहिले ३ जना महिलालाई भारत हुँदै कुवेत लगेर बेचबिखन गरेको अभियोगपछि फरार रहेकी महिलालाई बुटवल प्रहरीले सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बुटवल–११ न्यु दुर्गानगर बस्ने ४६ वर्षीया बिष्णु माया शर्मा परियार रहेकी छन् । २०७४ सालदेखि हालसम्म फरार रहेकी परियारलाई आज इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
मानव बेचबिखन कसुरमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ८ वर्ष पहिले ३ महिलालाई भारत हुँदै कुबेत लगेर बेच्न लागेको कसुरमा परियार विरुद्ध मुद्दा परेको थियो । मुद्दा परे लगत्तै फरार रहेकी उनलाई लुकीछिपी बसेको अवस्थामा फेला पारी प्रकाउ गरी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation