
बिस्व नेपाली मिडिया प्रा.लि .द्वारा सञ्चालित
सम्पर्क ठेगाना : बुटवल -६,चांदबारी रूपन्देही
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४८६९/२०८१/०८२
प्रेस काउन्सिल सूचिकरण प्रमाणपत्र दर्ता नं:४८८२/२०१/०८२
कम्पनी दर्ताः ३४०४३८/२०८०/०८१
विज्ञापनका लागि
फोन नं: (☏) +977-9842295277
इमेल : 📧 info@vishwanepali.com
सम्पादक : बामदेव भण्डारी
संचालक तथा कार्यकारी सम्पादक : शंकर प्रसाद पोख्रेल
मार्केटिङ प्रमुख :
विश्व नेपाली डटकम नेपाली भाषाको समाचार पोर्टल हो । यो वेबसाईटमा समाचार, विचार, मनोरञ्जन, खेलकुद, प्रवास, विश्वका खबर, सूचना प्राविधि लगायत श्रमजीवी वर्गको पक्षमा बढी भन्दा बढी आवाज उठाउने कोशिश र विश्लेषणहरु सम्बन्धी नै हाम्रो जोड रहनेछ ।
चितवनमा प्रशान्त थापा र रूपा आलेले प्रगतिशील विवाह गरेका छन ।
२०८२ असार ३१ गते जिल्ला समन्वय समिति चितवनको सभाकक्ष नारायणगढमा आयोजित समारोहमाझ उहाँहरूको विवाह सम्पन्न भएको हो ।
नवदम्पतिलाई प्रमुख अतिथि राजमो महासचिव मनोज भट्ट, केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना र भगिरथ भटराई, जातीय समता समाजकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी विक र रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार थुमराज ढुङ्गानाले सुखी जीवनको शुभकामना व्यक्त गर्नुभएको थियो ।
राजमो चितवन आयोजक रहेको उक्त कार्यक्रममा राजमो केन्द्रीय सदस्य दीपक पाण्डे, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय उपाध्यक्ष मोहराज चालिसे, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटा, नेकपा (मसाल) चितवनका प्रवक्ता भविश्वर शर्मा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सचिव प्रेम सापकोटा र तराई मधेस जनवादी मोर्चाका केन्द्रीय सदस्य रूपनारायण महतोको आतिथ्य रहेको थियो ।
त्यस्तै कार्यक्रममा अखिल नेपाल महिला सङ्घ चितवनकी अध्यक्ष बालकुमारी आचार्य, अखिल नेपाल बुद्धिजीवी सङ्घ चितवनका अध्यक्ष ठगराज शर्मा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) चितवनका अध्यक्ष लक्ष्मण चालिसे, अन्टुक चितवनका अध्यक्ष लालबहादुर थापा, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घ चितवनका अध्यक्ष होमनाथ शर्मा, पत्रकार रमेश पौडेल र अखिल (छैठौं) चितवनकी अध्यक्ष दुर्गा भण्डारीको पनि आतिथ्य रहेको थियो ।
राजमो चितवनका अध्यक्ष अमरबहादुर क्षेत्रीको अध्यक्षता तथा विष्णु पौडेलको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा उपस्थित सहभागीलाई वरका पितासमेत रहनुभएका अन्टुक चितवनका अध्यक्ष जितबहादुर थापा र रक्तिमका कलाकारले स्वागत गर्नुभएको थियो ।