
धर्मेन्द्र कुमार कुर्मी चौधरी
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-२ लाेहराेलामा नेपाल एकीकत विकास परियाेजना अन्तर्गत बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सेचेन करुणाकाे आयाेजना, करुणा सेचेनकाे सहयोग र विजयनगर गाउँपालिकाकाे समन्वयमा बुधबार इन्द्रेणी सामुदायिक बन उपभोक्ता समुहकाे क्षेत्र अन्तर्गत पर्ने चिरई नदीकाे किनारमा बाँसका बिरुवाहरु राेपिएका हुन् ।
सेचेन करुणाका जिल्ला प्रमुख हुमलाल अधिकारीले नदी किनारमा २ सय ५० ओटा बाँसकाे बिरुवा राेपिएकाे बताए । यसले वर्षेनी आउने बाढीको असर कम गर्न र माटोको कटान रोक्न महत्त्वपूर्ण सहयोग पुग्ने बताउँदै नदी किनारको पर्यावरणीय सुरक्षा र हरियालीको बृद्धिमा मदत पुग्ने उनको भनाइ छ । यस्तै विजयनगरकाे विद्यालय परिसर, पाेखरी, तालतलैयाहरुमा पनि विभिन्न प्रजातिका बिरुवाहरु लगाइएको उनले जनाए ।
यस्तै वडा अध्यक्ष नेपाल चाैधरीले वृक्षारोपण कार्यक्रम सराहनीय भएको बताउँदै राेपिएकाे बिरुवाको संरक्षणमा सबैले लाग्नुपर्नेमा जाेड दिए । उनले पर्यावरण संरक्षणका लागि समुदाय स्तरमा यस्ता कार्यक्रमहरूकाे आयाेजना अति आवश्यक भएको बताए । भविष्यमा पनि यस्ता पहलहरूको निरन्तरताले राष्ट्रिय अर्थतन्त्रकाे याेगदानमा समेत टेवा पुग्ने उनको भनाइ छ ।
यसैगरी थेमिटिक असिस्टेन्ट खाद्य सुरक्षा तथा आर्थिक विकासका संयाेजक तिलकराम भुसालले जलवायु परिवर्तनकाे रोकथामकाे साथै जैविक विविधता संरक्षण र क्षय रोकथाममा सहयोग पुग्ने अपेक्षा गरिएको बताए । बन संरक्षणकाे महत्त्व विभिन्न दृष्टिले अत्यन्त महत्वपूर्ण भएको बताउँदै कार्यक्रममा सहभागी भएका स्थानीय जनतालाई वन संरक्षणको महत्व र बाँसको उपयोगिता बारेसमेत जानकारी दिए ।
यस्तै जनगागृति माध्यमिक विद्यालय लाेहराैलाका प्रधानाध्यापक मिर्जा प्रसाद चाैधरीले बाेट बिरुवाको संरक्षण गर्न स्थानीय बासिन्दाहरु सकारात्मक र सक्रिय हुनुपर्ने बताए । बन संरक्षणले दीगो विकासको लागि आधारभूमि तयार पार्नमा पनि मद्दत पुग्ने बताउँदै बनहरूको संरक्षण र व्यवस्थापनमा स्थानीयले नै लाग्नुपर्नेमा उनलेे जाेड दिए ।
वृक्षारोपण कार्यक्रममा स्थानीय, शिक्षक, प्रहरी, सञ्चारकर्मी, बाल क्लबका पदाधिकारी, सामुदायिक बनका पदाधिकारी, सेचेन करुणा कर्मचारी लगायत ५० जना बढी स्थानीयहरुकाे सहभागीता थियाे ।