
जापान टोकियो ।
जापान नेपाली एकता समाजको तेस्रो राष्ट्रिय सम्मेलन आगामी अगस्त २५, २०२५ तदनुसार २०८२ भदौ ९ गते ओसाकामा हुने भएको छ ।
समाजका महसचिव तेजेन्द्र क्षेत्रीका अनुसार ‘जापान नेपाली एकता समाजको तेस्रो राष्ट्रिय सम्मेलन सफल पारौँ’ मूल नाराका साथ सम्मेलन सम्पन्न हुन थालेको हो ।
अपिलमा नेपालको आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक विकास र सम्पन्नताले नेपालीहरू संसारमा जहाँ भए पनि खुसी हुन्छन भन्ने वैचारिक मान्यतामा जापान एकता समाज सचेत रहेको दाबी गरिएको छ ।
त्यस्तै, जनजीविका, सार्वभौमिकता र राष्ट्रियताका पक्षमा हुने प्रगतिशील आन्दोलनमा एकता समाजको नैतिक, भौतिक एवम् कुनै न कुनै रूपको सहभागितामा जोड दिएको पनि उल्लेख छ ।
जापानस्थित नेपाली मजदुरमा शासकको जालसाजीपूर्ण क्रियाकलापप्रति सचेतता ल्याउने र एकतामा जोड दिन एकता समाजको निरन्तर भूमिका रहने पनि अपिलमा उल्लेख छ ।
यस्तो छ अपिल
जापान नेपाली एकता समाजको तेस्रो राष्ट्रिय सम्मेलनको अगस्त २५, २०२५ मा ओसाकामा सम्पन्न गर्न गइरहेको सन्देश यहाँहरूसमक्ष पुऱ्याउन पाउँदा उत्साहित भएका छौँ ।
जापानस्थित सम्पूर्ण नेपाली समुदाय, विभिन्न पेसाव्यवसाय, अध्यन–अनुसन्धान र सामाजिक, सांस्कृतिक क्षेत्रमा काम गर्ने कलाकर्मी, सञ्चारकर्मीको मायाममता र सद्भावले एकता समाज वैचारिक, सामाजिक क्षेत्रमा गौरवपूर्ण इतिहाससहित क्रियाशील छ ।
जापानमा बसोबास गर्ने नेपाली समुदायको एकतालाई अझ बलियो बनाउन, मजदुरको एकता, सांस्कृतिक आदानप्रदान, सामाजिक न्याय र आप्रवासी अधिकारको संरक्षणलाई उचाइमा पुऱ्याउँद मजदुरमाथि हुने झन्झटिला र अव्यावहारिक कार्यविधि र प्रवासी मज्दुरको ट्रेड युनियन अधिकारमा जोड दिने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको छ ।
नेपालको आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक विकास र सम्पन्नताले नेपालीहरू संसारमा जहाँ भए पनि खुसी हुन्छन भन्ने वैचारिक मान्यतामा एकता समाज सधैँ सचेत छ । त्यसैले जनजीविका, सार्वभौमिकता र राष्ट्रियताका पक्षमा हुने प्रगतिशील आन्दोलनमा एकता समाजको नैतिक, भौतिक एवम् कुनै न कुनै रूपको सहभागितामा जोड दिएका छौँ ।
संसारभर स्थानीयता र आप्रवासीको बिचमा दरार पैदा गरेर मजदुरको मोलमोलाइको स्थिति सिर्जना गर्न शोषणको नयाँ स्वरूपलाई स्थापित गर्न लागिएको जालसाजीपूर्ण कृयाक्लापप्रति एकता समाज सचेत छ । यस क्रियाकलापको सवैभन्दा बढी मार प्रवासी मजदुरमा पर्नेछ ।
नेपाली प्रवासी मजदुरमा शासकको जालसाजीपूर्ण कृयाकलापप्रति सचेतता ल्याउने र एकतामा जोड दिन एकता समाजको निरन्तर भूमिका रहनेछ ।
राष्ट्रिय सम्मेलन भव्य रूपमा सम्पन्न गर्न जापानस्थित सम्पूर्ण नेपाली समुदाय, भद्रभलाद्मी, महिला तथा सज्जन, पत्रकार, सामाजिक अभियन्तामा यहाँहरूको आर्थिक, भौतिक, नैतिक सहयोगका लागिसमेत हार्दिक अनुरोध गर्दछौँ ।