ऐजेरुको जाल (गिति- कविता )

माधवप्रसाद पाेखरेल ( लालकिरण)

मध्यरातमा बनाउँदै छन् षड्यन्त्रको जाल
बिषरूपी षड्यन्त्रलाई जरै देखि फाल ।

नदीनाला बेची खाए, खाए कालापानी
वीरताकाे इतिहास छ हाम्रो नालापानी ।

काला काला कानुन बनाई भ्रष्टाचारी ओत्ने
सिधासादा जनतालाई जेलभित्र काेच्ने ।

दुवै हात फैलाएर विदेशीको पाउ
राष्ट्रियता जाेगाउन झुट्टा भजन गाउ ।

चेतनाको आभा अब चारैतिर जान्छ
समाजवादकाे मार्गमा रक्त धारा बग्छ ।

दिनभरि भाेकाे पेटमा रमाउने कर्मी
संसारलाई सजाउने सर्वहारा ज्यामी।

खाेजी खाेजी जलाउनु छ ऐजेरूकाे जाल
अब छिटै आउनेछ सामान्तकाे काल ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation