“छाउपडी कुसंस्कार”

 

तिजी गित रचना जुना भण्डारी  चालीसे चंडीगढ़

सुन्नु होला बाबा आमा दाजु भाई ध्यान दिएर।
आएकी छु ज्यान बचाउने संदेस लिएर।।

जे छ संस्कार बनाउने हामी जस्तै मानीस।
ईनै रीती रीवाजले ज्यानै जानी छ।।

साथ दिनुस जनमोर्चाले चलाएको अभीयान।
छाउपडी हटाएर बचाई दिनुस ज्यान।।

कहीले डस्यो सर्पले त कहीले खायो बाधले।
किन कुरा नबुझेको आमा बाबाले।।

नसुने झै नबुझे झै गर्नी कीन तीमीले ।
छाउपडी अन्त गर्नु पर्छ हामीले।।

महीनामारी खराब सराप केही नराम्रो थिएन ।
छाउपडीको अन्धो समाज बाच्न दिएन।।

महीनामारी हुदा छोरी बास हुन्छ गोठको ।
हासो खुशी लुटिदिन्छौ उनका ओठको ।।

सेवा सुसार गर्ने बेला छाउपडी गोठमा ‌।
फल्न फुल्न नपाउदै मार्छन बोटमा।।

महीना मारी हुनुराम्रो महीला को लक्षण ।
किन पर पर गर्छौ अन्धा भएर ।।

ती कलीला मुनालाई मर्न दिन भएन ।
छाउपडी भन्दै पर सार्न भएन ।।

जरै बाट फाल्नु पर्छ छाउपडी गोठहरु।
आजादीले हास्न पाउन हाम्रा ओठहरु।।

अन्यायको विरोध गर्दै लेख्ने मेरो कलम ।
छाउपडी नीर्मुल पारौ लालासलाम।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation