
खिमराज चालिसे
चंडीगढ़ (भारत)
भारतको चंडीगढ़ मोहाली स्थित बेहलोलपुर गाउमा हिजो २२ जुलाई २०२५ को बिहान ४ बजे सर्पले डसेर नेपाली युवक अर्जुन बिक वर्ष ३० को दुखद निधन भएको छ।
अर्जुन बिक परिवार सहित सुतिरहेको बेड़मा बिहान ४ बजे चढेको कमन करेत प्रजातिको सर्पले दुईपटक सम्म डसे पछि उनलाई नजिकैको अस्पताल पुराईएको थियो।
स्थानिय अस्पतालले उनको अवश्था देखेर सेक्टर 32 चंडीगढ़ रिफर गरिए पछि उनलाई अस्पतालमा ल्याएर उपचारको क्रममा दुखद निधन भएको बुबा भागिराम बिकले बताएका छन ।
मृतक अर्जुन बिक रोल्पा जिल्लाको त्रिवेनी गाउपालीका वार्ड नंबर २ नुवागाउ ह्याङ स्थाई निवासी भागिराम बिकका जेठि छोरा हुन ।
मूल प्रवाह चंडीगढ़का पुर्व नगर सदस्य रहेका मृतकका बुबा भागिराम बिक र परिवार प्रति समवेदना प्रकट गर्न मूल प्रवाहमा केन्द्रीय सदस्य खिमराज चालिसे, नगर अध्यक्ष मान बहादुर केसी नगर सदस्यहरु किसन खनाल र जितेन्द्र गुरुङ लगाएतका नेता कार्यकर्ता अस्पतालमा पुगेका थिए। मृतकको शव हिजो परिवार सहित नेपाल पठाईएको छ।