रचना -सिताराम आरसी- पटियाला भारत
पहिले पहिले गीत थिए नारीका ब्याथाका।
अहिले गीत गाउनुपरेयो देशका नेताका।
हात्तीछाप पडकाउंदै सिंह दरबार छिरेका।
जति जोगि आएपनि कानै चिरेका।
भ्रष्टाचार बढिराछ महंगी चर्को छ।
बिदेश जाने युबा हरूको देशमा लर्को छ।
कहिले मिल्छ देशैमा हाम्लाई रोजगार।
यसको जबाफ कस्ले दिन्छ भन सरकार।
गांंउ खाली भई सके खालि भए सहर।
बिदेशमा काम गर्न कस्लाई रहर।।
कस्ले भन्छ प्रदेशीलाई देशमा फर्काउन।
सरकार लाई परेको छ कुर्सी बचाउन।।
अब आउने चुनाव मा सबै घर गएर
जनमोर्चा लाई जिताउनु छ एकजुट भएर।।
यतिबर्ष बितिसक्यो देश बिकाशको आशामा
अब भोट हालौं सबले हाम्रो गिलासमा।।
जनतालाई आफ्नो देशमा बांच्न समेत गाह्रो छ।
नेतालाई देश भन्दा कुर्सि प्यारो छ।।
चुनाव आउने बेला त गाउंघरमा दिन दिन
सत्तामा पुगे पछि कोहिलाई चिन्दिन।।
चुनाव मा खानुहोला सबै को मासु भात
भोट चाहिं गिलासैमा सबलाई धन्यवाद।।











