
लालकिरण पोख्रेल
पाल्पाबाट बग्दै गयो बुटवलमा तिनाउ
भ्रष्टाचारको कथा सुन्न अब कहाँ जाउ?
हामी बस्ने धर्तीलाई धुँजाधुँजा पारी
सयौं युवा मरिसके सात समुन्द्र पारी ।
महङ्गीले जनताको ढाड सेक्याे सरकार
जनताको करमाथि कति गर्छाैं भ्रष्टाचार ?
भूकम्प र बाढीपीडित रूदै माग्छन् घरबार
कुनै ठाउँ पवित्र छैन भ्रष्टाचारी सरकार ।
नुनदेखि सुनसम्म बिचाैलियाकाे बोलवाल
कहिलेसम्म पाल्ने हाे भ्रष्टाचारी सरकार ?
सीमानामा विस्तारवादले लगाउँदैछ तारबार
रगत चुस्ने जुकाहरू लुकामारी गर्दै दरबार ।
श्रमजीवी जनतालाई कहिले हुन्छ चैन
सर्वहारा वर्गकाे सरकार आकाे छैन ।
मदनहरू खाँडी जान्छन् चील्ला गाँडीमा उडी
सामान्तहरू कहिले भर्छन हाडी घाेप्टे भुँडी ?