तिज गीत, वातावरण बचाउ

लालकिरण पोख्रेल

अतिवृष्टि अनावृष्टि भयो खण्डवृष्टि २
अब छिटै मासिने भाे मानव श्रृष्टि ।  ३

दैनिक रूपमा बढ्दै गयो पर्यावरण विनास २
महाभारत चुरे मासी हुन्न विकास  । ३

कहिले आउँछ हिमबाढी कहिले आउँछ खडेरी  ।२
तराईका उब्जाउ भूमि भए घडेरी । ३

जहाँतहीँ बढ्दै गयो प्लास्टिकको बजार  २
हिमाल भन्दा अग्ला बने भ्यू टावर  ।३

बाढी पहिरो भूक्षयले हराइसके पानी मूल  २
तराईबासी जनताहरू भए काकाकुल  । ३

आमासमान धर्तीलाई छियाछिया पारेर  २
डढेलाेले सखाप पार्याे जीव मारेर  ।३

आइसके अनेक भाइरस आउनेछ अनिकाल २
हामी सबै मिलेर बनाउ सहकाल  ।३

नदी ताल पाेखरी सफा राखाै इनार  २
फाेहाेर जति सबैलाई लगाउ किनार ।   ३

रूख राेपाै वन जाेगाउ हरियाली बनाउ   २
जडिबुटी बेचेर धन कमाउ  । ३

धर्ती हाम्रो साझा घर साझ हाम्रो जङ्गल  २
वनजङ्गलले बनाउछ स्वास्थ मङ्गल ।३

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation