मौद्रीक नीति, हात्तिको देखाउने दॅात मात्र

ढुण्डिराज शर्मा पौडेल,बुटवल

‘स्याल कराऊदै छन,कुकुर भुक्दै छन’तर तिनीहरू एक आपसमा भेट गर्दैनन’।का.माओको भनाई।यस्को मतलब हुन्छ यदि तिनीहरू एक आपसमा भेटेर समाधान खोजेको भए सायद सधैं भुक्नु ,कराउनु पर्ने थिएन कि।दशकौ बर्ष देखि सरकारले नीति तथा कार्यक्रम ल्याएको ल्याई छ,राष्ट्रबैकले मौद्रीक नीति जारी गरेको गरै छ।वल्लो घरको लुरे पल्लो घर सरे’ बाहेक अरू केही हुन सकेको छैन।सरकारको नीति तथा कार्यक्रम एकातिर जोतिएको छ,मौद्रिक नीति आर्को तिर।मानौ नीति कार्यक्रम पूर्ब तिर फर्केको छ भने मौद्रिक नीति दक्षिणतिर।अझ बित्त नीति पनि टाऊका माथि तरबार बनेर झुण्डिएको हुन्छ कतिखेर कतिखेर।एक आपसमा तालमेल छैन ,छलफल छैन।अब त यस्तो भैसक्यो नीति मात्रै धेरै तर कार्यान्वयन नहुने देश कुन हो भनेर प्रश्न गरेमा नेपाल भनेर गिनीज बूकमा नाम लेखाऊन सकिन्छ वला।
महाभारतको युद्धमा कौरव पक्षका द्रोणाचार्य द्वारा रचिएको चक्रब्यूह जहॅा छिर्न सकिने तर निस्कन नसक्ने, अलमलाएर शत्रु पक्षलाई सखाप पार्ने रणनितीमा महान बीर योद्धा अभिमन्यु मारिए जस्तै भएको छ हाम्रो देशको अर्थतन्त्र पनि,अलमलाईएको छ,घेराबन्दीमा पारिएको छ,ऊठ्नै नसक्ने गरी ढाड भॅाचिएको छ। खासमा अब महाभारतको युद्ध जस्तै युद्ध नजितिकन बिचौलियाको कब्जाबाट देशलाई मुक्त गराऊन सकिने छैन।बिचौलियाहरूको चक्रब्यूहलाई तोडन सकिने छैन।”आज देश नीतिगत भ्रष्टाचारले संस्थागत रूप लिएको छ। राजनीतिको भ्रष्टिकरण, भ्रष्टाचारको अपराधिकरण,अपराधको राजनीतिकरण’ को गोल चक्करमा देश फसेको अवस्था छ।भ्रष्टाचार गर्नु शाषकहरूको मुख्य कर्तब्य बनेको छ,मानौ भ्रष्टाचार गर्नु उनीहरूको धर्म हो। हिजो सातु खान नपाएका नेताहरू आज गर्धन हालेका छन।ठूल्ठूला शहरहरूमा आलिसान महलहरू ठड्याएका छन।पुस्तौ पुस्तालाई पुग्ने संपत्ति थुपारेका छन।अब त लाज पनि लजाऊन थालिसक्यो तरअझै यीनले चेतेका छैनन।देश रसातालमा पुर्याई सकेकाछन।देशको कुल ऋण २७खर्ब नाघिसकेको छ।एऊटा अबोध शिशु जन्मदै नब्बे हजार ऋणको भार बोकेर जन्मिएको हुन्छ।खर्बौ खर्बको बस्तु आयात गरेर बॅाच्नु परेको अवस्था छ।देशमा रोजगारी छैन।होनाहार युवाहरू धमाधम बिदेश पलाएन भएका छन।सकृय जनशक्तिको अभावको कारण हर क्षेत्रमा यस्को नकारात्मक परिणामहरू देखिदै आएको छ।बजार शुन्य जस्तै छ।चरम आर्थिक मन्दीको कारण उद्योग,पेशा ब्यवसाय सबै थला परेका छन।घरबहाल,बैंक ब्याज किस्ता तिर्न नसकेर निद्राहराम छन।कतिपयले त पेशा ब्यवसाय नै छोडेर भागेका छन भने ऋणको बोझधान्न नसकेर दिन प्रतिदिन आत्महत्याका घटना बढ्दै गएकाछन।इतिहासमै देश चरम आर्थिक संकटको भुमरीमा ंफसेको छ।
मान्छे बिमारी भयो,,थला पर्यो,सास फेर्न गाह्रो भयो भने तत्कालै अस्पताल लगेर ईमेरजेन्सी उपचार गरे जस्तै आज देशको अर्थतन्त्र उठ्नै नसक्ने गरी थला परेको बेला आर्थिक संकटकाल धोषणा गरेर इमेर्जेन्सी उपचार गर्नु पर्ने आजको बिकराल परिस्थितिमा आएको मौद्रिक नीतिले ठोस राहतका प्याकेजहरू ल्याएर आउन सक्नु पर्थ्यो।ब्यबसायीहरूको मन र मुटु छाम्न सक्नु पर्थ्यो।ब्यवसायीहरूको चहराईरहेको घाऊमा मलमपट्टी लगाऊनु पर्थ्यो।’अर्थतन्त्रको पुनरूत्थानको लागी आकर्षक योजना ल्याएर सुक्न लागेको बिरूवाको जरोमा पानी हाल्न सक्नु पर्थ्यो।बिडम्वना हात्ति आयो हात्ति आयो फुस्स’ हात्तिको देखाऊने दॅात जस्तो भयो।’मौद्रिक नीति आएको छ।बिचौलियाहरूको अनुहार चम्किएको छ भने पेशा ब्यवसायी तथा आम जनसमुदाय हारेको गोरू जस्तै हुनु परेको छ।चरम निराशामा छटपटिनु परेको अवस्थाछ।
केहीबिचौलियाहरू र शेयर कारोबारीहरूको घैटोमा घाम लागेर मात्र देशको अर्थतन्त्रमा सुधार आउने हैन यस्को लागी त आम जनताको अॅांगमा घाम लाग्नु पर्दछ।यस्को लागी सरकारले घोषणा गरेको नीति तथा कार्यक्रम, बजेट,मौद्रिक नीति,बित्त नीति सबै नीतिहरू एक आपसमा समन्वय गरेर तत्कालै राहतका ठोस कार्यक्रमहरू बनाउनु पर्छ। स्थानिय पालीका संग समन्वय गरेर घरभाडा घटाउनु पर्ने, बिभिन्न शिर्षकका स्थानिय करहरू र संघिय करहरू,ब्यवसाय दर्ता शुल्कहरू कमसेकम ५०% जति घटाउनु पर्ने,बैक तथा सहकारीले मनोमानी रूपमा अशुल्ने हर्जानाहरू खारेज गराउने, सहकारीमा भैरहेको अराजकतामा तत्कालै अंकुश लगाई नियमन गर्ने,कृषी,पशुपालन,पर्यटन क्षेत्रमा बिशेष जोड दिएर ब्यापक रूपमा रोजगारी सृजना गर्ने।यी सबै महत्वपूर्ण कार्यहरू पूरा गर्न सरकारले पुनर्कर्जाको ब्यवस्था गरेर अर्थतन्त्रको पुनर्स्थापना गर्न सक्नु पर्छ। किसान हरूलाई बालीको चक्रीय आधारमा ब्याज तथा किस्ता तिर्ने ब्यवस्था मिलाउनु पर्छ।बढीमा तीन% ब्याजमा ऋण ऊपलब्ध गराऊन सक्नु पर्छ।सरकारले ऊत्पादित बस्तु तथा कृषी ऊपजहरूको संरक्षण गर्ने नीति बनाएर कढाईका साथ कार्यान्वयन गर्नु पर्दछ।तब मात्र अर्थतन्त्रले पुनर्जीवन प्राप्त गर्दै देश आत्मनिर्भरताको बाटो तर्फ अग्रसर हुनेछ।
तसर्थ सरकारले तत्कालै यी चुनौतीहरूको सामना गर्दै अर्थतन्त्रको पुनर्स्थापना गर्न नसके प्रति बर्ष ल्याईने यी नीति तथा कार्यक्रम,बजेट,मौद्रिक नीतिहरू ‘बिरालो बॅाधेर श्राद्ध’गरे जस्तै हुने छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation