पेट्रोलको मुल्य एक रुपैयाँले घट्दा , डिजेलमा दुई रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ।

निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाइएको छ। तर, डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँले बढाइएको छ।

समायोजित मूल्य बिहीबार मध्यराति देखि लागू हुनेछ।

त्यसैगरी, हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर ३ रुपैयाँले मूल्यवृद्धि गरिएको छ। अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २१ अमेरिकी डलरले मूल्य बढेको छ।

एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation