गीत         –     क्रान्तिमा जुट

लालकिरण पोख्रेल
गल्ली गल्ली मकै पाेली जीवन जिउनेलाई
जनताको कर माथि   देश लुट्ने दाइ
चाैराहाकाे सडक छेउमा जुत्ता सिलाउनेलाई
शाेषित पीडित जनताहरू उठ एकजुट भइ ।२

ठूला ठूला हाेटेलमा भाँडा माझ्ने भाइ
जीवनभरि भारी बाेकी जीवन जिउने दाइ
सीमानाकाे चाैकिल्मा पाले बस्ने भाइ
उठ अब ठाेक दुश्मन सारालाई । २

दिनरात सामान्तकाे महलमा चाैकीदार
कहिले तिमी सुधार्छाै आफ्नो घरबार  ?
शरीरभरि नीलडाम छन् हत्केलामा ठेला
मुक्ति पाउन मजदुरहरू हुनुपर्छ भेला  । २

जातिपाती छुवाछुत पानी धारासम्म
निमुखाकाे भाेकाे पेट कहिले हुन्छ टम्म ?
कालाे औंसी चिरेर उदाउँदैछन्  तारा
जनवादी क्रान्तिमा जुट सर्वहारा ।२

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation