
रुपन्देही , रुपन्देहीको सियारी गाउँपालिका–७ भर्थापुरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, दुर्घटनामा परेर पछाडि सवार ६० वर्षीय राममिलन धवलको उपचारको क्रममा मृत्यु भएको हो। उनी मायादेवी गाउँपालिका–७ गर्गटीका बासिन्दा हुन्।
मोटरसाइकल चालक तथा उनका छोरा विनोद धवल (उमेर करिब ३०–३२ वर्ष) गम्भीर घाइते भएका छन्। टाउको, हात र खुट्टामा चोट लागेका उनलाई भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।