
बिस्व नेपाली मिडिया प्रा.लि .द्वारा सञ्चालित
सम्पर्क ठेगाना : बुटवल -६,चांदबारी रूपन्देही
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४८६९/२०८१/०८२
प्रेस काउन्सिल सूचिकरण प्रमाणपत्र दर्ता नं:४८८२/२०१/०८२
कम्पनी दर्ताः ३४०४३८/२०८०/०८१
विज्ञापनका लागि
फोन नं: (☏) +977-9842295277
इमेल : 📧 info@vishwanepali.com
सम्पादक : बामदेव भण्डारी
संचालक तथा कार्यकारी सम्पादक : शंकर प्रसाद पोख्रेल
मार्केटिङ प्रमुख :
विश्व नेपाली डटकम नेपाली भाषाको समाचार पोर्टल हो । यो वेबसाईटमा समाचार, विचार, मनोरञ्जन, खेलकुद, प्रवास, विश्वका खबर, सूचना प्राविधि लगायत श्रमजीवी वर्गको पक्षमा बढी भन्दा बढी आवाज उठाउने कोशिश र विश्लेषणहरु सम्बन्धी नै हाम्रो जोड रहनेछ ।
कपिलवस्तु,
कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौतामा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ ।
राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केरसिङ अदैको उपस्थितिमा चन्द्रौटाको सहज टोल वडा नं. ६ मा सो भेला सम्पन्न भएको हो ।
भेलामा अदैले देशको वर्तमान राजनीतिक परिस्थिति, राष्ट्रिय जनमोर्चाको कार्यक्रम र नीतिको बारेमा प्रकाश पार्नुभएको थियो ।
होमबहादुर कुँवरको अध्यक्षतामा सल्लाहकारसहित ११ सदस्यीय समिति चयन भएको छ ।
सचिवमा कमला सुनार, कोषाध्यक्षमा अनिता नेपाली, सहसचिवमा हरिबहादुर सुनार रहनुभएको छ ।
त्यस्तै सदस्यहरूमा विनोद नेपाली, राजु नेपाली, उजील गिरी र बिजुला सुनार रहनुभएको छ भने सल्लाहकारमा गङ्गा नेपाली र सान्ता सुनार रहनुभएको छ ।
नव निर्वाचित पधाधिकारीलाई राजमो वडा नं. छ का अध्यक्ष तथा रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष बेगमबुढा मगरले शुभकामना दिनुभएको थियो ।
भेलापछिको बैठकले सदस्यता वितरण गर्ने र भदौमा टोल प्रशिक्षण कार्यक्रम गर्ने निर्णयसमेत गरेको छ ।
सबै सदस्यले एकएक सदस्य बनाउने निर्णय पनि गरिएको छ ।
भेलामा सचिव अदैले राजमोको सदस्यता प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा सञ्चालन हरिबहादुर सुनार, अध्यक्षता ज्ञानबहादुर थापा र स्वागत होमबहादुर कुँवरले गर्नुभएको थियो।